×

NEPAL TIMES UPDATES

Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026

दिनभरका प्रमुख खबर

२९ असार २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(कोरोनाका बिजेता बढे)
सोमबार नेपालमा १४४ जना कोरोना संक्रमित थपिँदा १ हजार ७ सय ५ जना निको भएर घर फर्किए / कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्दा १० हजार २ सय ९४ जना निको भए ।

Advertisement

२.(पीसीआर बढाऔं आइसोलेसन घटाऔं)
सोमबारसम्म २ लाख ८९ हजार ३ सय ७१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण /देशभर २३ हजार ४ सय ७० जना क्वारेन्टिनमा /६ हजार ६ सय १३ जना आइसोलेसनमा ।

३.(आफ्नै हात जगन्नाथ)
निर्देशिका मिचेर स्वास्थ्य मन्त्रालयद्वारा काठमाडौंका दुई निजी प्रयोगशालालाई शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने अनुमति /परीक्षणलाई सहज बनाउन निजीलाई पनि अनुमति दिइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाई ।

४.(हिम्मत गर्ला सरकारले ?)
भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्रहरु डुवानमा परेको गृहमन्त्री रामबहादुर थापाको भनाई / अन्तर्राष्ट्रिय मापदण्ड विपरित सीमा नजिकैका क्षेत्रहरुमा निर्माण भएका सडक, बाँध, तटबन्ध लगायतका संरचनाहरुलाई हटाउन संसदीय समितिको सरकारलाई निर्देशन ।

५.(बढ्दै पीडा)
पछिल्लो एक महिनामा नेपालमा बाढी, पहिरो र डुवानका कारण ८५ जनाको मृत्यु /४६ जना बेपत्ता हुदा ५० जना घाइते / बाढीपहिरोका कारण १५ भन्दा बढी जिल्लाका १३४ घरमा क्षति ।

६.(एमसीसीमा नबोल्ने ?)
एमसीसीबारे पार्टीभित्र आन्तरिक छलफल भइरहेकाले कुनै निर्णयमा नपुगेको जनता समाजवादी पार्टीको भनाई /एमसीसीबारे पार्टीलाई जोडेर आएका खबर भ्रम फैलाउने उद्देश्यले गरिएका गलत र सुनियोजित प्रचार भएको उल्लेख ।

७.(पुर्ननिर्माणको अनुगमन)
संसदको विकास समितिद्वारा पुर्ननिर्माणको क्रममा रहेका पुरात्वात्तिक सम्पदाहरुको स्थलगत अनुगमन /भूकम्प गएको लामो समयसम्म काम हुन नसकेपनि पछिल्लो २ वर्षयता निर्माणको कामले गति लिएको समितिको ठहर ।

८.(चार च्यानल नचल्ने)
भारतीय न्यूज च्यानल जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज बाहेक अन्यको प्रसारण सुचारु/केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न उपयुक्त नहुने देखिएकाले यस्तो निर्णय भएको केबल अपरेटरहरुको भनाई ।

९.(सलहले सतायो)
आइतबार दाङ हुँदै प्युठान पसेको सलह कीराले किसानको बालीनाली नोक्सान गर्न थाल्यो / धुवाँ लगाउने, थाल–टिन ठटाउने गरे पनि सलह भगाउन नसकेपछि किसानहरु चिन्तित ।

१०.(गुड्न थाले बस)
सरकारले तोकेको मापदण्ड अनुसार काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा /बस रोकिदा व्यवसायीहरुलाई नोक्सानी बढ्दै जाने भएकाले बस सञ्चालन गरिएको व्यवसायीहरुले भनाई ।

११. (बन्ने भो प्रदेश प्रहरी)
प्रदेश १ सभाबाट प्रदेश प्रहरी विधेयक २०७७ सर्वसम्मत पारित÷ प्रदेश १ मा ११ हजार प्रहरी सहितको प्रदेश प्रहरी गठनको बाटो खुल्यो / पहिलो चरणमा संघीय प्रहरी नै प्रदेशमा समायोजन भएर आउने ।

१२. (आदिकविको सम्झना)
आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मनाइयो / नेपाली साहित्यमा योगदान पु¥याउने देशभरका विभिन्न श्रष्टा तथा व्यक्तित्वहरु राष्ट्रिय पुरस्कारबाट सम्मानित / प्रदेश १ का एक दर्जनबढी श्रष्टाहरु पनि सम्मानित ।

१३.(मौद्रिक नीति कस्तो ?)
पुनरकर्जा कोषको रकमबाट कम्तिमा ३० हजार ऋणीले सुविधा पाउने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाई /कोभिड १९ का कारण नेपालको कुल गार्हस्थ उत्पादननमा करिब १ खर्ब ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान ।

१४.(काठमा कठोर नबनौं)
राजस्व बुझाएका व्यवसायीहरुलाई काठ ओसार पोसार र विक्रीवितरणका लागि तत्काल छुट पूर्जी दिन संसदीय समितिको सरकारलाई निर्देशन /झण्डै साढे २ लाख श्रमिकहरुको रोजगार सिर्जना गर्नपनि प्रतिवन्ध फुकुवा गर्नुपर्ने माग ।

र,

Advertisement

१५.(विश्वको अपडेट)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ५ लाख ७२ हजार बढीको मृत्यु /१ करोड ३० लाख बढी संक्रमित /७६ लाख १० हजार बढी निको भए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top