योगेन्द्र योगी
३१ असार, दोहा । कतारमा आममाफी पाएका, विभिन्न अभियोगमा बन्दी जीवन बिताएका र कतारको डिपोर्टेशन सेन्टरमा रहेका १४० जना नेपालीलाई डिपोर्ट गरिएको कतारस्थित नेपाली दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् ।
उनीहरुलाई विभिन्न समयमा कानुन उल्लघंनको गरेर पक्राउ गरी फिर्ती केन्द्रमा राखिएको थियो । कोरोनाको कारण देखाउँदै कतारले आममाफी पाएका तथा बन्दी जीवन बिताएका र फिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई यहाँ भन्दा पहिला पनि डिपोर्ट गरेको थियो ।
डिपोर्ट गरिएका १४० जनालाई लिएर दोहाबाट काठमाडौँका लागि कतार एयरलाइन्सको जहाज उडेको सचिव प्रवीण भट्टराईले बताए ।
यसअघि कतार एयरलाइन्सको पहिलो उडानमार्फद आममाफी ४३ र अर्को कतार एयरलाइन्सकै उडानमार्फत आममाफी पाएका १ सय ६३ जनालाई नेपाल पठाईसकिएको दूतावासले जनाएको छ ।