बलात्कारकाे आरोपमा सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी पक्राउ

३१ असार, कास्की।

Advertisement

वलात्कार आरोपमा सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी  पक्राउ परेका छन्।

लामापाटनस्थित आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोनमार्फत् जानकारी गराएपछि तत्काल नेपाल प्रहरीको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

बुधबार एसएसपी अधिकारी पक्राउ परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी घनश्याम अर्यालले पुष्टि गरे।

प्रहरीले पीडित महिलालाई स्वास्थ्य जाँचका अस्पताल लगिएको जनाइएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top