×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

प्रदेश १ मा अब समुदाय स्तरमा कोरोना परीक्षण गरिने

३१ असार २०७७

३१ असार, विराटनगर। प्रदेश १ मा समुदाय स्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ ।

पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टिनमा मात्र देखिएको छ । समुदायमा संक्रमण छैन । तर, प्रदेश सरकारले नमूनाका रुपमा समुदाय स्तरमा पनि परीक्षण गर्ने तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले भने,‘ क्वारेन्टिनमा मात्र हैन समुदायमा पनि नमूनाका रुपमा परीक्षण गर्न आवस्यक देखियो ।’

Advertisement
Advertisement

कोरोना उपचार केन्द्र र क्वारेन्टिनबाट डिस्चार्ज भएकाहरुको परिवार र आसपासका स्थानहरुको छनौट गरेर नमूनाका रुपमा परीक्षण गर्ने मन्त्री घिमिरेले बताए । पहिलो चरणमा सुरक्षाकर्मीको परीक्षण गरिएको उनले बताए ।

कोरोना संक्रमणको नियन्त्रण तथा उपचारका लागि अग्रभागमा रहेर काम गरिरहेका तीनै वटै सुरक्षा निकायका १ हजार ५ सयको परीक्षण गरिएको मन्त्री घिमिरेले बताए । सुरक्षाकर्मीको परीक्षणमा कसैलाई पनि संक्रमण देखिएन उनले भने । सुरक्षाकर्मी पछि स्वास्थ्यकर्मीको परीक्षणको तयारी शुरु गरिएको उनले बताए ।

उनले भने,‘निजि अस्पताल सञ्चालकहरुको संगठन अफिनसँगको सहकार्यमा स्वास्थ्यकर्मीको परीक्षण गरिने छ ।’

स्वास्थ्यकर्मीको परीक्षण पछि समुदाय स्तरमा परीक्षण गरिने मन्त्री घिमिरेले बताए । परीक्षणको दायरा बढाउनका लागि माग बढिरहेकाले समदुाय स्तरमा पनि परीक्षण गर्न लागिएको उनको भनाई छ ।

मन्त्री घिमिरेले भने,‘ क्वारेन्टाईनमा रहेका, कन्ट्याक्ट ट्रेसिङका आधारमा र कोरोना उपचार केन्द्रमा भर्ना भएकाहरुको नेगेटिभ रिपोर्ट नआउँदा सम्म परीक्षण गर्ने काम भईरहेको छ ।’

Advertisement
Advertisement

प्रदेश १ मा कोरोना संक्रमण भन्दा कोरोना मुक्त भएर घर फर्कनेको संख्या बढ्दोक्रममा रहेको मन्त्री घिमिरेले बताए । उनले भने, ‘प्रदेश १ को अवस्था भयाभह छैन ।’ भारत लगायतका तेश्रो मुलकबाट आउनेहरुमा मात्र संक्रमण देखिएको मन्त्री घिमिरेले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top