×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पोल्याण्डमा राष्ट्रपति निर्वाचनको नतिजाविरुद्ध प्रदर्शन

२ श्रावण २०७७

२ साउन, वार्सा ।

पोल्याण्डमा राष्ट्रपति चयनका लागि भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरूले विरोध प्रदर्शन गरेका छन् । प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल त्रजास्कोवस्कीको तर्फबाट विरोध प्रदर्शनसहित सर्वोच्च अदालतमा उजुरीसमेत दायर गरिएको छ ।

Advertisement
Advertisement

उजुरीमा वर्तमान राष्ट्रपतिसमेत रहनुभएका र अहिलेको निर्वाचनबाट फेरि निर्वाचित भएको घोषणा गरिएका अन्ड्रजेज डुडाको पक्षमा धाँधली गरिएको उल्लेख गरिएको छ । उनीहरूले अहिलेको नतिजालाई अस्वीकार गरिने घोषणासमेत गरेका छन् ।

गत आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति डुडाको पक्षमा ५१.०३ प्रतिशत र अर्का उम्मेदवार त्रजास्कोवस्कीको पक्षमा ४८.९७ प्रतिशत मत परेको घोषणा गरिएको थियो । दुई उम्मेदवारका बीचमा झिनो मतान्तर देखिएकाले पनि विवाद चर्किएको र केही धाँधलीको आशङ्का गर्न सजिलो भएको विश्लेषकहरूले बताएका छन् ।

चुनाव प्रचारप्रसार अभियानका क्रममा वर्तमान राष्ट्रपति डुडाको पक्षमा राज्यका निकायहरू परिचालित भएको विपक्षीहरूले आरोप लगाएका छन् । उनीहरूले उजुरीमा यही कुरालाई मुख्य रुपमा उल्लेख गरेर धाँधली भएको जिकिर गरेका हुन् ।

विपक्षीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा विपक्षी दल सिभिक कोलिसनका सांसद बार्बारा नोवाचाले भने, “डुडाको पक्षमा राज्य शक्ति र श्रोत साधन नै परिचालन गरिएकाले धाधली भएको स्पष्ट देखिएको छ, त्यसैले हामीले यसलाई अस्वीकार गर्ने भएका हौँ ।”

Advertisement

पोल्याण्डमा राष्ट्रपतिय निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल सिभिक प्लेटफर्म र साना विपक्षी दलहरू मिलेर सिभिक कोलिसन बनाएका छन् ।रासस / सिन्ह्वा

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top