खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालय स्थापनाको तयारी

खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालय स्थापनाको तयारी

काठमाडौँ, ६ वैशाख (रासस) ः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला तहमा कार्यालय खोल्ने भएको छ ।

अहिले केन्द्रसहित पाँच ठाउँमा क्षेत्रीय कार्यालय सञ्चालन गरिरहेको विभागले आफ्नो सेवा विस्तार गर्न ७७ वटै जिल्लामा कार्यालय खोल्ने भएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

“क्षेत्रीय कार्यालयले अनुगमन गर्न नसक्ने भएकाले जिल्लामा कार्यालय खोल्ने तयारी भइरहेको छ,” उनले भने, “अनुगमनलाई प्रभावकारी बनाउन अब सहज हुन्छ ।”

विभागले जिल्लामा कार्यालय खोल्नका लागि अहिले संगठन संरचना व्यवस्थापनको काम गरिरहेको छ । वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसमेत रहेका वस्तीले चाँडै संगठन संरचना व्यवस्थापन स्वीकृत गरेर जिल्ला कार्यालय खोल्ने बताए । अहिले विभागमा २४० कर्मचारी रहेकामा जिल्ला कार्यालय स्थापना भएपछि करीब एक हजार ५०० कर्मचारी आवश्यक हुने उनले बताए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.