सिरहामा नेकपा नेतामाथि बम प्रहार

३ साउन, सिरहा ।

सिरहा जिल्लाको औरही गाउँपालिका–५ का नेकपाका स्थानीय नेता तथा पूर्व गाबिस अध्यक्ष सुवरण यादवमाथि गएराति बम प्रहार भएको छ ।

उनलाई गएराति अपरिचित समुहले सुतिरहेको ठाउँमै बम प्रहार गरेकाे हाे । बम प्रहारबाट उनको शरीरका धेरै ठाउँमा चोट लागेको छ । प्रहरीको टोली गएराति नै घटनास्थल पुगेको थियो ।

Advertisement

बम प्रहारपछि बेहोस भएका उनलाई उपचारको लागि राति नै लाहान लगिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top