×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

अनलाइन कक्षाका लागि शुल्क नलिनु भनेको छैनः शिक्षामन्त्री

३ श्रावण २०७७

३ साउन, काठमाडौं ।
आर्थिक सङ्कटमा परेको भन्दै निजी विद्यालयहरूले अनलाइन कक्षाहरू स्थगन गरेका बेला सङ्घीय सरकारका शिक्षामन्त्रीले शुल्क नलिनु नभनेको तर त्यसबारे विद्यालय, अभिभावक र स्थानीय सरकारले निर्णय लिनुपर्ने बताएका छन्।

बीबीसीसँग कुराकानी गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयका व्यवाहारिक समस्याहरूलाई सरकारले नजिकबाट हेरिरहेको र चाँडै समस्याको समाधान हुने आश्वासन पनि दिए।

Advertisement

उनले महामारीकै बीच पनि शैक्षिक सत्र नबिग्रिने र विद्यार्थीको पढाइमा कुनै असर नपर्नेगरी सरकारले चाँडै स्पष्ट खाका ल्याउन लागेको जानकारी दिएका छन्। आफ्ना मागबारे बिहीवार उनीसँग अनौपचारिक छलफल गरेका निजी विद्यालय सञ्चालकहरूले पनि आगामी एक साताभित्र सरकारले माग सम्बोधन गर्नसक्ने बुझेको बताएका छन्।

बीबीसीसँगको कुराकानीमा मन्त्री पोखरेलले निजी विद्यालयका समस्याबारे सरकार जानकार रहेको र त्यसको समाधानका लागि पहल गरिरहेको बताए। उनले भने, भाडामा घर लिएर बसेकाको अप्ठ्यारो छ। शिक्षक र कर्मचारीको समस्या छ।

अनि शुल्क नलिनू भनेर हामीले भनेका छैनौँ। कुन लिने र कुन नलिने भन्ने विषयसँग गाँसिएको छ। व्यावहारिक समस्यालाई हामीले नजिकबाट हेरिरहेका छौँ। मन्त्रालयले सङ्कटको बेलामा नीति बनाइदिने हो, मापदण्ड बनाइदिने हो, सोच बनाइदिने हो। यो कुरा चाहिँ स्कूल र स्थानीय सरकार र अभिभावक बसेर टुङ्ग्याउने विषय हो।

मन्त्रालयले नै शुल्क नउठाउनू भनी दिएको निर्देशनबारेको प्रश्नमा उनले भने, उहाँहरूले बक्यौता पनि उठाउने, वर्षभरिको पनि उठाउने भनेर आफैँले वक्तव्य जारी गर्ने अनि हामी स्कूलहरू खोल्छौँ भनेर घोषणा गर्न थालिसकेपछि अब यी संस्थाहरूले चाहिँ आफ्नो भूमिकालाई अहिलेको परिस्थितिसँग गाँसिएर ठिक ढङ्गले नबुझेको कारणले वक्तव्य दिनुपरेको हो।

मन्त्रिपरिषद्‌मा दुई पटक छलफल

पोखरेलले निजी विद्यालयहरूका मागका साथसाथै महामारीका बेला कसरी शैक्षिक सत्रलाई नबिगारीकन शिक्षण अघि बढाउने भन्ने विषयमा मन्त्रालयले सुरुमा कोरोनाभाइरस रोकथाम उच्चस्तरीय समिति र मन्त्रिपरिषद्‍मा पटकपटक छलफल भएको जानकारी दिए।

उनले भने, त्यसबारे मन्त्रिपरिषद्‍मा दुई पटक छलफल भइसकेको छ। अहिले हामीले अन्तिम प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेका छौँ। त्यो पारित भएपछि धेरै कुरा स्पष्ट हुनेछ। निजी विद्यालयहरूले कर्जाको ब्याज छुट तथा सहुलियत दरमा कर्जा दिइनुपर्ने लगायतका मागहरू राखेका छन्।

विद्यालय खुल्ने मिति

मन्त्री पोखरेलले विद्यालय कहिले खुल्छन् भन्ने अहिले नै भन्न सकिने अवस्था नरहेको बताएका छन्।

उनले साउन ७ गतेसम्मको लकडाउन त्यसपछि अर्कै रूपमा अघि बढाउन पनि सकिने भएकाले त्यसबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि विद्यालय खुल्नेबारे पनि थप निर्णयहरू हुनसक्ने बताए। तर तत्कालै भौतिक रूपमा विद्यालय खोल्न सकिने अवस्था नरहेको उनको भनाइ छ।

मन्त्री पोखरेलले विद्यालय पुनः सञ्चालन कार्यविधि बनिरहेको र त्यो साउन ७ गतेभित्रै अघि बढाइने बताए। अहिले सरकारले पहिचान गरेका चारखाले वैकल्पिक सिकाइका माध्यमलाई नै अघि बढाउने र आवश्यक तयारी गरेर मात्र विद्यालयहरू खोल्ने सरकारी तयारी रहेको उनले जानकारी दिए।

निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन नगर्ने घोषणा गरेका छन् । बिहीवार शिक्षामन्त्रीसँग अनौपचारिक छलफल गरेका निजी विद्यालय सञ्चालकहरूले पनि उनीसँगको कुराकानीपछि आफूहरू चाँडै समाधान निस्किनेमा आशावादी भएको बताएका छन्।

सरकारले चाँडै समाधान निकाल्ने आशा छ । उक्त भेटमा सहभागी निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सनका महासचिव कुमार घिमिरेले भने, उहाँले राखेका प्रस्तावहरू पारित भएपछि मात्र फेरि छलफल गर्ने भन्नु भएको छ। तर हामी आशावादी छौँ त्यो प्रस्तावले नै समस्या समाधान गर्छ होला।

उनले स्थानीय सरकार, अभिभावक र विद्यालयले निर्णय गरेर शुल्क उठाउने भन्ने कुरामा चाहिँ विश्वास गर्न आफूहरूलाई गाह्रो भएको बताए। उनले भने, कतिपय स्थानीय तहले कारबाही नै गर्छौँ भनेर सूचना निकाल्नुभएको छ।

विद्यार्थी सङ्गठनले पनि विरोध गरिरहेका छन्। तर मन्त्रीले समाधान निकाल्छु भन्नुभएको छ, निकाल्नुहोला। हामीले पनि सबै शुल्क उठाउने भनेको होइन। त्यसको निर्क्योल मात्र गरिदिनुपर्‍यो भनेको हो।

Advertisement

उनले उक्त छलफलकै आधारमा स्थगन गरिएको अनलाइन कक्षा तत्कालै सुरु नगर्ने बताए।(बीबीसी)

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top