सशस्त्र प्रहरीमाथि तस्कर समूहको आक्रमणः जवाफी फायरमा एकजना गम्भीर घाइते

सशस्त्र प्रहरीमाथि तस्कर समूहको आक्रमणः जवाफी फायरमा एकजना गम्भीर घाइते

३ साउन, सुनसरी ।
सुनसरीको हरिनगरमा सशस्त्र प्रहरी र तस्करहरुको समूहबिच दोहोरो झडप भएको छ ।

शुक्रबार राति भएको झडपमा एक प्रहरी र एक तस्कर घाइते भएका छन् । तस्करहरुको समूहले हानेको ढुङ्गा लागेर सशस्त्र प्रहरी जवान जीवराज विशंखे घाइते भएका छन्।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २० वर्षीय युवकको उपचार भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले जानकारी दिए । पेटमा गोली लागेको उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

भारतबाट सामान तस्करी गरि नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले रोकेपछि भिडन्त भएको उनले बताए। सामान बरामत गर्ने क्रममा सशस्त्र प्रहरीलाई ढुङगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.