लकडाउन शुरु भएयता युएईमा १६ आत्महत्यासंगै ९४ जना नेपालीको ज्यान गयो

२ साउन ७७, शनिबार

३ साउन, काठमाडौं ।
युएईमा लकडाउन शुरु भएयताको पछिल्लो ४ महिनामा ९४ जना नेपालीले ज्यान गुमाएका छन्।

दूतावासको तथ्यांकअनुसार मार्चको तेस्रो साता यता कोभिड १९ का कारण मात्रै १ महिला र २९ पुरुष गरि ३० जना नेपालीले ज्यान गुमाएका छन्। त्यस्तै अन्य कारण ६४ जना नेपालीले ज्यान गुमाएको बताइएको छ। यसमध्ये १६ जनाले आत्महत्या गरेको दूतावासले जनाएको छ।

यसअवधिमा कोभिड १९ का कारण मृत्यु भएका ३० जना र अन्य गरि ४२ जनाको सम्बन्धित परिवारको स्वीकृतिमा युएईमै अन्त्योष्टि गरिएको बताइएको छ। दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवको यूएईमै अन्त्येष्टि गरिएको हो।

Advertisement

यसैगरी उद्दार उडान मार्फत ११ जनाको शव नेपाल पठाई सकिएको दूतावासले जानकारी दिएको छ। बाँकी शवहरु नेपाल पठाउने प्रक्रियामा रहेको तर नियमित हवाई उडान नहुँदा समस्या भएको नेपाली दूतावास युएईकी श्रम काउन्सिलर निर्मला थापाले बताइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top