×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आफ्नै बुबाबाट बलात्कारः तीन दिनअघि घर छोडेका दुई बालिका सुरक्षित आवास गृहमा

४ श्रावण २०७७

४ साउन, कैलाली ।
बुबाबाटै पटकपटक बलात्कार भएर तीन दिनअघि घर छोडेर हिँडेका कैलालीका दुई बालिका अलपत्र परेपछि सुरक्षित आवास गृहमा राखिएको छ।

गएको एक वर्षदेखि बुबाले नै बलात्कार गर्ने गरेको बताइएको छ। १४ र १६ वर्षीया बालिकालाई घरमा ताल्चा लगाएर थुनी बुबा फरार भएका थिए। आमा केहि वर्षदेखि वैदेशिक रोजगारीमा छिन्। इलाका प्रहरी कार्यालय सुखडमा शनिवार उजुरी दिए पनि दर्ता गर्न नमानेको पीडितको आरोप छ।

Advertisement

दुवै नाबालिक भएकाले उजुरी दर्ता गर्न संरक्षक चाहिने र कोही पनि व्यक्ति नभेटिएकाले दर्ता हुन नसकेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले बताए। पीडित बालिकाहरूलाई जिम्मा लिएर सुरक्षित आवास गृहमा राखेको ओरेक कैलालीकी कार्यक्रम संयोजक गीता चौधरीले जानकारी दिइन्।

Advertisement

घटनाबारे हजुरआमालाई जानकारी गराए पनि उल्टै घरबाट निकालेको आरोप बालिकाहरूको छ। इलाका प्रहरी कार्यालयसम्म पुगेको बिषय प्रहरीले संरक्षक नभएको भन्दै जाहेरी नलिएपछि ओरेक कैलालीले आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता गर्ने जनाएको छ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top