सुशान्तको निधन बारे मेरो दावी गलत साबित भए पद्मश्री फिर्ता गर्छुः कंगना रनौत

४ साउन ७७, आइतबार
Share this
698shares

४ साउन, एजेन्सी ।
कंगना रनौतले सुशान्त सिंह राजपुतको निधनका बारेमा आफूले गरेको दावी गलत साबित भए पद्मश्री पुरस्कार फिर्ता गर्ने बताएकी छिन्।

Advertisement

गत जुन १४ मा सुशान्तको आत्महत्या पछि कंगनाले केही भिडियो सन्देश सार्वजनिक गरिन्, जसमा उनले सुशान्तको मृत्युको कारण बलिउड र त्यहाँ व्याप्त नातावाद भएको आरोप लगाएकी थिइन्।

कंगनाले बलिउडलले दिएको दवाव र केही फिल्मकर्मीले मिलेर उनलाई ब्वाइकट गरेको बताउँदै आएकी छिन्। उनको आरोप पत्रकारविरुद्ध पनि आरोप लगाएकी थिइन्। भनेकी छिन्,सुशान्तको आत्महत्या होइ नियोजित हत्या हो।

Advertisement

रिपब्लिक टिभीसँगको अन्तर्वातामा उनले आफ्नो यही दावी गलत साबित भए पद्मश्री फिर्ता गर्ने बताएकी हुन्। पद्मश्री भारत सरकारले सम्मान स्वरुव प्रदान गर्ने प्रतिष्ठित पुरस्कार हो। मुम्बई प्रहरीले मलाई केही प्रश्न गरेको थियो।

म त्यस समय मनालीमा थिएँ र प्रहरीले चाहेको खण्डमा आफ्नो वयान पठाउन तयार रहेको बताएको थिएँ। तर, त्यसपछि केही भएन, भनेकी छिन्, मैले बोलेको कुनै पनि कुरा गलत प्रमाणित भए म पद्मश्री फिर्ता गर्छु।

Advertisement

आफ्नो बोली प्रमाणित गर्न नसक्ने कुराहरू बोलेको भए आफू त्यस पुरस्कारको हकदार नहुने उनको तर्क हो। यस महिनाको सुरुवातमा प्रहरीले बोलाउँदा कंगना वयान दिन नगएको खबर सार्वजनिक भएको थियो।

कंगनाको समूहले ट्वीट लेखेर प्रष्ट पारेको थियो – हालसम्म कंगना रनौतलाई मुम्बई प्रहरीबाट कुनै किसिमको आग्रह आएको छैन। तर, कुनै पनि किसिमको सहयोग वा सहकार्यका लागि उनी तयार छिन्।

कंगनाले यसै वर्ष कला क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि पद्मश्री पुरस्कार पाएकी हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top