कैलालीमा क्वारेन्टिनबाट भागेका व्यक्ति मृत फेला

४ साउन ७७, सोमबार

५ साउन,कैलाली ।

कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति मृत फेला परेका छन् ।

यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

Advertisement

मृत फेला परेका आउजी आइतबार बिहान मात्रै क्वारेन्टिनबाट भागेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top