संसदका सभाध्यक्षले गरे समिति सभापतिसँग छलफल

५ साउन ७७, सोमबार
Share this
751shares

५ साउन, काठमाडौँ ।
प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभाका अध्यक्षले दुबै सदनका समिति सभापतिहरुसँग संयुक्त छलफल गरेका छन् । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले दुबै सदनका सभापतिहरुसँग समितिका कामकारवाही, समस्या, समाधानका उपाय, समन्वय र क्षेत्राधिकार लगायतका विषयमा छलफल गरेका हुन् ।

Advertisement

छलफलमा सभापतिहरुले समितिहरुबीच समन्वयको अभाव भएको, कोरोनाका कारण बैठक सञ्चालनका लागि समस्या भएको बताएका छन् । दुबै सदनका गरी १६ वटा समिति भएका कारण भौतिक दुरी कायम गरी बैठक सञ्चालन गर्न हलको अभाव भएको, उपकरण अभाव भएको, प्राविधिक सामग्रीको अभाव भएको लगायतका समस्या सभापतिहरुले सुनाएको सभामुख अग्नि प्रसाद सापकोटाले बताए । आवश्यक प्राविधिक उपकरण परिपूर्ति गरी समस्या समाधान गर्न समितिका सभापतिहरुले आग्रह गरेका छन् ।

कार्यक्षेत्र जोडिएका समितिहरुबीच समन्वय अभावका कारण समस्या उत्पन्न हुने गरेको छ । त्यस्ता समिति हरुका सन्दर्भमा आवश्यक कुन समिति हो त्यसको बारेमा थप छलफल गरी निणर्य गर्ने समझदारी पनि बनेको उनले बताए । कार्यक्षेत्र जोडिएका समितिहरुले अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने विषयमा पनि समझदारी भएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top