×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

कोरोना कहरबीच स्नान र पूजाआजा गर्न देवघाट आए तीर्थालु

५ श्रावण २०७७

५ साउन, नवलपुर ।

कोरोना कहरकै बीच आज साउनको पहिलो सोमबार पूजाआजा गर्न भक्तजन देवघाटधाम आएका छन् । देवघाट क्षेत्र विकास समितिले नदी स्नान र पूजाआजा गर्न आउनका लागि आह्वान गरे पनि नजिकका भक्तजन यहाँ आएका हुन् ।

Advertisement
Advertisement

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाट धाममा तीनै जिल्लाका तीर्थालुको उपस्थिति देखिएको छ । गैँडाकोटबाट देवघाट आएका विष्णुप्रसाद पौडेलले आफू हरेक वर्ष साउनको सोमबार देवघाटमा आउने गरेकाले यस वर्ष पनि आएको बताए । “सार्वजनिक सवारी साधन सञ्चालनमा छैनन् तर आफ्नै सवारी साधन भएकाले म यहाँ आएको हुँ”, पौडेलले भने, “मेरो घरबाट देवघाट नजीकै पर्ने भएकाले यहाँ आएर भीडभाड नभएका ठाउँमा स्नान गरेर फर्किँदैछु ।”

गत वर्ष देवघाट क्षेत्रमा निकै भीड हुने स्मरण गर्दै पौडेलले यसपटक कोरोना त्रासका कारण मान्छे कम आएको बताए । निजी सवारी साधन भएका व्यक्तिले देवघाट पुगेर स्नान तथा पूजाआजा गर्ने गरेका छन् । यद्यपि केही सार्वजनिक सवारीका साधनले आज देवघाटका लागि तीर्थालु बोकेका छन् ।

यस वर्ष देवघाट क्षेत्र विकास समितिले सूचना नै जारी गरेर तीर्थालुलाई नआउने अनुरोध गरे पनि नजीकैबाट आउने क्रम रहेको विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए । “कोरोना सङ्क्रमणको त्रासका कारण सावधानी अपनाएर यहाँ नआउन भनेका थियौँ”, घिमिरेले भने, “विगतका वर्षहरुमा जस्तो देवघाटमा बोलबम मेला भने लागेको छैन तर नजिकैबाट आउने भक्तजनलाई हामीले रोकेका छैनौँ ।” भौतिक दूरी कायम गरेर स्नान तथा पूजा गर्नका लागि आफूले अवरोध नगरेको घिमिरेले बताए ।

देवघाटमा साउने सोमबार स्नानका लागि विगत वर्षमा ५० हजारभन्दा बढी भक्तजन आउने गरेका भए पनि यस वर्ष भने दुईतीन हजारमा सीमित रहने घिमिरेले बताए । त्रिशूली र कालीगण्डकी नदीको बहाव उच्च भएका कारण सावधानी अपनाएर स्नान गर्न उनले आग्रह गरे ।

बोलबल मेला रोक

भरतपुर–पवित्र तीर्थस्थल देवघाटधाम साउनको पहिलो सोमबार भक्तजनको न्यून उपस्थिति छ । विगत वर्षमा लाखौँ भक्तजन स्नानका लागि आउने देवघाट कोभिड –१९ का कारण सुनसान जस्तै बनेको हो । विकास समितिले विगतका वर्षमा नियमित गर्दै आएको बोलबम मेला यस वर्ष रोकेको छ । समितिले स्नानका लागि नआउन भक्तजनलाई आग्रह गरेको छ ।

समितिका अध्यक्ष शिवराज पौडेलले स्नानका लागि खासगरी वृद्धवृद्धा बढी आउने र तिनमा कोरोनाको उच्च जोखिममा रहेकाले रोक लगाइएको बताए । उनले भने, “देवघाटमै बस्नेहरु पनि अधिकांश वृद्धवृद्धा हुनुहुन्छ, उहाँहरुलाई सङ्क्रमण नफैलियोस् भन्नाका लागि रोक लगाएका हौँ ।” उनले चितवन, तनहुँ र नवलपुर प्रशासनले पनि सूचना जारी गरेर देवघाटमा स्नानका लागि नआउन आग्रह गरेको बताए । पहिलो सोमबार फाट्टफुट्ट मात्र भक्तजन देवघाट आएको पौडेलले जानकारी दिए ।

देवघाटमा करीब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ । “एक हप्ताअघिदेखि नै मेला नआउन अपिल गर्दै भक्तजनसम्म सूचना प्रवाह गरिरहेका छौँ”, पौडेलले भने । साउनका हरेक सोमबार हजारौं तीर्थयात्री देवघाट आउँथे र स्नान, पूजापाठ गरी फर्किन्थे तर अहिले सहज समय नभएपछि पूर्वतयारी पनि नगरिएको विकास समितिले जनाएको छ ।

देवघाट धाम परापूर्वकालदेखि पवित्र तीर्थस्थलका रुपमा परिचित छ । धर्मशास्त्रमा सो भूमिमा परापूर्वकालमा देवता बसोबास गरेकाले यस पवित्र भूमिको नाम देवघाट रहन गएको हो भनी उल्लेख गरिएको छ । हिन्दू धर्मशास्त्रमा उल्लेख गरिएअनुसार चारधाम क्षेत्र स्नान गरेर यस तीर्थमा स्नान गरिएको छैन भने मानव जीवन व्यर्थ हुनाका साथै अन्यत्र तीर्थ नगई यस तीर्थमा मात्र स्नान गरे मात्र पनि चारधाम तीर्थ गए बराबरको पुण्य प्राप्त हुन्छ।

Advertisement
Advertisement

साउन भगवान् शिवको प्रिय महिना भएकाले पूर्णरुपमा व्रत बस्नाले चिताएको पुग्ने र पुण्य प्राप्त हुने विश्वास राखेर पूर्ण निष्ठा र आदरका साथ शिवको पूजाआराधना गरिन्छ । विवाहिता तथा अविवाहिताले हातमा हरियो पहेँलो चुरा, मेहन्दी र गेरुवा वस्त्र धारण गरेर शिव महिमा गाउँदै तलाउ, कुण्ड, नदीमा स्नान गरेर पवित्र भई शिवालयमा पुगी बेलपत्र, जल, दूध, भाङ, धतुरोलगायत सामग्री चढाएर भगवान् शिवको पूजा गर्छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top