बाग्मतीको बाढी सुकुम्बासी बस्तीमा पस्यो

५ साउन, काठमाडौँ ।
दिनभरको वर्षाका कारण वागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको वहाव बढ्दा खोला छेउका वस्ती डुवानमा परेको छ ।

वाग्मती नदीको बाढी काठमाडौंको थापाथली, टेकु र त्रिपुरेश्वर आसपासका सुकुम्बासी बस्तीमा पसेको छ । बाढीले यहाँका ६० भन्दा बढी घरहरु प्रभावित भएका छन् । बाढीबाट हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उद्धारका लागि नेपाल प्रहरी खटिएको छ ।

भक्तपुरमा पनि हमुमन्ते खोलाले किनारका बस्ती डुबाएको छ । जलसतह बढेर खोला तथा नदी किनारका सडकहरु पनि डुवानमा परेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top