‘सांसद’ मनाङ्गे जेल चलान

६ बैशाख ७५, शुक्रबार

विराटनगर– मनाङको प्रदेशसभा ‘ख’ का सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामा राख्न डिल्लीबजारस्थित सदरखोर कारागार चलान गरिएको छ ।

Advertisement

बिहीबार साँझ पक्राउ परेका मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानका लागि सदरखोरमा पठाईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए ।

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले मनाङ्गेलाई ‘ज्यान मार्ने उद्योग’ मुद्धामा  पाँच बर्ष कैद सजाय तोकेको थियो ।

Advertisement

२०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समुहसँग खुकुरी हानाहान हुँदा  चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घट्नामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले मनाङ्गेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मनाङ्गेलाई बिहीबार साँझ काठमाडौंका स्वयंभुबाट नियन्त्रणमा लिएर शुक्रवार अदालतमा उपस्थित गराएको थियो ।

Advertisement

यसअघी जिल्ला अदालत काठमाडौंको फैसला बमोजिम दुई बर्ष कैद भुक्तान गरिसकेका मानाङ्गे अब तीन बर्ष जेल बस्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top