लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

५ साउन ७७, मंगलबार

६ साउन, झापा । झापा गाउँपालिका-३ फुलगाछीबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

Advertisement

सोमवार राती साँढे ९ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले ज ८ प ७७५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका कन्काई नगरपालिका-४ का २७ बर्षीय दावा दोर्जे शेर्पा र ३० बर्षीय मोहन हेमरनलाई १ ग्राम २७० मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top