ईलामको माई खोलामा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार

५ साउन ७७, मंगलबार

६ साउन, ईलाम । अबिरल बर्षाका कारण ईलामको माई खोलामा आएको बाढीमा फसेका माईजोगमाई गाउँपालिका-५ का ६६ बर्षीय लोक बहादुर नेम्वाङ र ३० बर्षीय जोजो लिम्बुलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोमवार राती साँढे ७ बजेको समयमा माई खोला नजिक रहेको आफ्नो गोठबाट घर तर्फ फर्कने क्रममा बाटोलाई खोलाले कटान गरी खोलाको बिचमा फसेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलाम, ईलाका प्रहरी कार्यालय नयाँ बजार र अस्थायी प्रहरी पोष्ट बिप्लाटेबाट खटिएको प्रहरी टोलीले डोरीको सहायताले राती १० बजे सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top