दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(अब छैन लकडाउन)
कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको सरकारको घोषणा /साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने / पर्यटकीय कार्यालय पनि साउन १५ बाट खोल्न सकिने ।

२.(थपिदै फर्किदै)
नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिएसंगै हालसम्म १७ हजार ९ सय ९४ जना संक्रमित /हालसम्म १२ हजार ४ सय ७७ जना कोरोनामुक्त ।

३.(कोरोना तथ्याङ्क)
पीसीआर विधिबाट मंगलबारसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको कोरोना परीक्षण/ देशभर २१ हजार ७ सय ४ जना क्वारेन्टिनमा/५ हजार ४ सय ७७ जना आईसोलेसनमा/भदौ १ गतेबाट हवाई उडान सुचारु हुने ।

४.(चल्ने भए गाडी)
बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायीको घोषणा /श्रमिकहरुको सामूहिक कोरोना विमाका लागि सरकारले ५० प्रतिशत र व्यवसायीले ५० प्रतिशत रकम व्यहोर्ने सहमतिसँगै गाडी गुड्ने निश्चित ।

५.(विद्यालयलाई अधिकार)
कक्षा ११ को परीक्षा लिने र लब्धाङक प्रमाणपत्र दिनेसम्पुर्ण अधिकार विद्यालयलाई नै दिने राष्ट्रिय परीक्षा बोर्डको निर्णय /ट्रान्सक्रिफ्ट भने कक्षा १२ को मात्र वितरण हुने ।

६.(अझै वर्षा हुने)
हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागको भनाई /आगामी तीन दिनसम्म प्रदेश नम्बर १, २, ५, बागमती र गण्डकी प्रदेशका नदीहरुमा बाढीको जोखिम ।

७.(बाढीको विनास)
कोशी नदीमा आएको बाढीका कारण प्रदेश २ को विभिन्न जिल्लाका ६९ परिवार विस्थापित /बाढीका कारण महोत्तरी र सर्लाहीमा गरी २ जना नदीमा बगेर वेपत्ता /बेपत्ता दुबैको खोजी कार्य जारी ।

८.(बाढीको वितण्डा)
देशभर वर्षासंगै आएको पहिरो र बाढीले जनजीवन प्रभावित, सडकमार्ग पहिरोका कारण अवरुद्ध /तराईका विभिन्न भाग जलमग्न /सप्तकोशी नदीमा जलस्तर बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलियो ।

९.(उर्लिदै नदी)
झापामा कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएर गाउँ पस्दा दुई वटा बस्ती डुबानमा /१०५ घर परिवारलाई सुरक्षित स्थानमा सारियो / नारायणी नदीमा बाढी उर्लिएपछि गण्डक ब्यारेजका सबै ढोका खोलियो ।

१०.(नेकपालाई बहाना )
बाढी, पहिरोबाट प्रभावितहरुको राहत र उद्धारमा ध्यान दिन भन्दै नेकपा स्थायी समिति बैठक १३ गतेसम्मका लागि स्थगित/ बाढी पहिरोबाट प्रभावितहरुलाई राहत र उद्वार गर्न सरकारको ध्यानाकर्षण ।

११.(घरेलु रक्सीको ब्राण्ड)
घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न प्रदेश १ की सांसद उषाकला राईको माग /विकसित मुलुकहरुले आफ्नो देशमा उत्पादित रक्सीलाई ब्राण्ड बनाउने तर नेपालको सरकारले ब्याण्ड गरेर नागरिकको सीपलाई दबाउने काम गरेको आरोप ।

१२.(महिलाका सवाल)
राजनैतिक र राज्यका संरचनाका हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता गराउन अन्तर पार्टी महिला सञ्जालद्वारा सभामुखको ध्यानाकर्षण/ यथासिघ्र उपसभामुखको निर्वाचन गराउन पनि ध्यानाकर्षण ।

१३.(भुमिहीनलाई भूमि खोई ?)
भूमिहिन मुस्लिम परिवारहरुलाई जग्गा उपलब्ध गराउन मुस्लिम आयोगको माग /१४ लाख भूमिहिन परिवारलाई जग्गा उपलब्ध गराउन लागिएकोमा र त्यसमा सबै समूदायका भूमिहीनहरु पर्ने भूमि समाधान आयोगको प्रतिक्रिया ।

१४.(आउलान त सलह ?)
भारतको सिमावर्ती क्षेत्रमा रहेका सलहका झुण्ड कुनै बेला पनि नेपाल प्रवेश गर्न सक्ने भएकाले सावधानी अपनाउन विज्ञहरुको आग्रह /हावासँगै नेपालको मध्य तथा पश्चिम तराई र सुदूरपश्चिम क्षेत्रबाट सलह नेपाल प्रवेश गर्न सक्ने ।

र,

१५.(फैलिँदैछ कोरोना)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ६ लाख १३ हजार बढीको मृत्यु/८९ लाख ३५ हजार बढी निको भए /१ करोड ४८ लाख बढी संक्रमित ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top