६ साउन, काठमाडौं ।
सरकारले भदौ १ गतेदेखि देशभर छोटो, मझौला र लामो दुरीको यातायात जनस्वास्थ्यको शर्त पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन्।
उनका अनुसार भदौ १ गतेदेखि शैक्षिक कार्यक्रम स्वरुप विद्यालयमा विद्यार्थी भर्ना र क्याम्पसमा परीक्षा सञ्चालन गर्न सकिनेछ । साउन १५ गतेदेखि होटल, रेष्टुरेन्ट सञ्चालन गर्न पाउने र ट्राभल, टे«किङ र पर्वताराेहनकाे लागि बुकिगं खुल्ला हुनेछ ।
मन्त्री खतिवडाका अनुसार सामुहिक रुपमा भेला हुने जस्ता कुनै पनि कार्यक्रमहरु होटल र रेष्टुरेन्टमा गर्न पाइने छैन ।