×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

बढी भएको विद्युत् विदेशमा बिक्री गर्न सकिने

७ श्रावण २०७७

७ साउन, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले वर्षाको समयमा बढी भएको विद्युत् छिमेकी देशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । नेपालमा उत्पादन भएको तर खपत हुन नसक्ने अतिरिक्त विद्युत् भारत, बङ्गलादेशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको हो ।

Advertisement
Advertisement

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा खपत हुन नसक्ने विद्युत् वा आन्तरिक उत्पादनम कमी आई अपुग हुने विद्युत् खरिदका लागि समेत मार्ग प्रशस्त गरेको छ ।

छिमेकी मुलुक भारत र बङ्गलादेशतर्फ वा ती देशबाट बोलपत्र वा ‘डे अहेड’, ‘टर्म अहेड’लगायत अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा बिक्री वा खरिद गर्न सकिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । विद्युत् बिक्री वा खरिद गर्न स्वीकृति दिएको सरकारले प्राधिकरणलाई खरिद वा बिक्रीको सम्पूर्ण चरणको विद्युतीय अभिलेखसमेत राख्नसमेत अख्तियारी प्रदान गरेको छ ।

विशेषगरी मनसुनको समयमा देशभित्र उत्पादित सबै विद्युत् खपत हुन नसक्दा विभिन्न प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्ने गरिएको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार नदीमा जलसतह बढेका कारण प्राधिकरणको आफ्नै स्वामित्वका आयोजना र निजी क्षेत्रका आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन् ।

नेपालको कूल जडित क्षमता नै एक हजार ३५० मेगावाट बराबर रहेको छ । वर्षाका कारण एकाध आयोजनाबाट उत्पादित विद्युत् मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुन सकेको छैन । प्राधिकरणका अनुसार प्राधिकरण आफैँको आठ हजार ६४७ मेगावाट घण्टा, निजी उत्पादकको १० हजार ७३० मेगावाट घण्टा विद्युत् उत्पादन भइरहेको छ । यस्तै ३२१ मेगावाट घण्टा विद्युत् निर्यात भइरहेको छ भने एक हजार ८४९ घण्टा विद्युत् आयात भइरहेको छ । वर्षाका कारण ५३० मेगावाट घण्टा विद्युत् प्रवाहमा समस्या रहेको छ । देशभरको कूल माग भने २१ हजार ७५६ मेगावाट घण्टा रहेको छ ।

Advertisement
Advertisement

यस्तै सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विभिन्न ५० आयोजना तथा कार्यक्रमका लागि आव ०७७÷७८ मा आवश्यक पर्ने राजपत्राङ्कित श्रेणाीका विभिन्न पदमा ३६७ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top