×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

तत्काल खोजी र उद्धारमा हजार सैनिक परिचालन

७ श्रावण २०७७

७ साउन, काठमाडौँ ।

नेपाली सेनाले केही दिन देखिको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट बढी प्रभावित मुलुकका १६ जिल्लामा एक हजार जनशक्ति आवश्यक उपकरणसहित तत्काल खोजी र उद्धार कार्यमा जुटिरहेको जानकारी दिएको छ ।

Advertisement
Advertisement

उक्त जनशक्ति पहिरामा हराएका व्यक्तिको खोजी, डुबानमा परेका नागरिकको उद्धार, राजमार्गको पहिरो पन्छाउन तथा नदिले कटाउन क्षेत्रका बस्ती संरक्षणका लागि तटबन्ध निर्माणमा संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

सेनाले बाढी, पहिरो र डुबानमा परेका व्यक्तिको तत्काल उद्धारका लागि पोखरा, बर्दिवास, इटहरी, चितवन, भरतपुर, गजुरी र रौतहटलगायत स्थानबाट तालीम प्राप्त दक्ष जनशक्तिसहित रबर बोर्ट र उपकरण परिचालन गर्ने प्रबन्ध मिलाएको छ । त्यसका लागि चार सयको सङ्ख्यामा तालीम प्राप्त जनशक्तिको व्यवस्था गरिएको जानकारी दिइएको छ ।

अविरल वर्षाका कारण आकस्मिक रुपमा हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सेनाले पूर्वतयारीको सिलसिलामा भरतपुर, सुर्खेत र इटहरीमा हेलिकोप्टर सहितको आवश्यक जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिएको छ ।

मुलुकभर केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण पहाडी जिल्लामा बाढीपहिरो तथा मध्य तराईका जिल्लामा डुबानको समस्या देखिएको छ । बाढीपहिरोबाट ठूलो सङ्ख्यामा जनधनको क्षति भएको छ । निरन्तरको वर्षाका कारण मुलुकका नदी तथा खोलामा पानीको बहाव उच्च रहेको छ ।

Advertisement
Advertisement

बाढीपहिरो र डुबान प्रभावित परिवारको राहत र उद्धारका लागि तीन तहकै सरकार र सङ्घसंस्थाबाट विभिन्न सहयोग भइरहेको छ । मुलुकका विभिन्न भागमा गएको पहिरो र नदी कटानले मुख्य राजमार्गसमेत अवरुद्ध भएकामा सडक डिभिजन कार्यालय र सुरक्षाफौजनको प्रयासमा सञ्चालनको प्रयास भइरहेको छ ।रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top