×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

विश्वमा कोरोना संक्रमितकाे सङ्ख्या १ करोड ५० लाख नाघ्यो

७ श्रावण २०७७

७ साउन, जेनेभा ।
विश्वभरि बुधबारसम्म एक करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरि छ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये हालसम्म ९१ लाख १६ हजार ६५५ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ५३ लाख ६३ हजार ५५५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६३ हजार ६१४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Advertisement
Advertisement

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४० लाख २८ हजार ७३३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४४ हजार ९५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३३ लाख ७५ हजार ५३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दक्षिण अमेरिकामा एक लाख २१ हजार ४१५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४७ लाख २२ हजार ३६५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । उत्तर अमेरिकामा एक लाख ९९ हजार ७८३ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement

युरोपमा २७ लाख दुई हजार ९७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९९ हजार ७४९ को मृत्यु भएको छ । एसिया ३५ लाख ३१ हजार ९७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८२ हजार ७२३ जनाको मृत्यु भएको छ । अफ्रिकामा सात लाख ५३ हजार ९१४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १५ हजार ७७९ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ५८७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १५० जनाको मृत्यु भएको छ ।रासस / एएफपी

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top