कन्काईको बाढीले झापाका केही बस्तीका करिब ५० घर डुबानमा

७ साउन ७७, बिहीबार

८ साउन, झापा । कन्काई खोलाको बाढीले झापा गाउँपालिकाका केही बस्ती फेरि डुबानमा परेका छन् ।

झापा गाउँपालिकास्थित सशस्त्र प्रहरी बल बीओपीका इन्स्पेक्टर सचिन श्रेष्ठका अनुसार कन्काईको कटानले झापा गाउँपालिका ७ स्थित राई गाउँमा बाढी पसेको हो । बाढीले बस्तीका करिब ५० घरहरु डुबानमा परेका छन् ।

सशस्त्र प्रहरी, सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा बुधबार मात्रै यो ठाउँको बाँध मर्मत गरिएको हो ।

Advertisement

अघिल्लो पटक जनताको तटबन्धन भत्काएर बाढी पस्दा झापा १ र २ का करिब डेढ सय घर डुबानमा परेको थियो । विस्थापित सबैलाई सेतुमारी र लक्ष्मी प्राविमा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top