उद्योग वाणिज्य महासंघको निर्वाचन फेरी सर्याे

८ साउन, काठमाडौँ ।
यही २५ र २६ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित भएको छ ।असारमा अन्तिम साता महासंघले निर्वाचन साउन अन्तिममा गर्ने निर्णय गरे पनि पुनस् स्थगित भएको हो ।

Advertisement

बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको महासंघ अध्यक्ष भवानी राणाले बनाइन् । उनले भनिन्– ‘लकडाउन खुला गरे पनि सरकारले सभा, सम्मेलन, भोजभतेर नगर्नु भनेको छ, त्यसैले हामीले निर्वाचन स्थगित गर्ने निर्णय गरेका हौं ।’

यदि सरकारले सभा, सम्मेलन गर्न पाइने सूचना जारी गरेमा त्यसको १५ दिनभित्र निर्वाचन गर्ने निर्णय पनि गरेको उनले बताइन् । महासंघको वरिष्ठ अध्यक्ष स्वतस् अध्यक्ष हुने व्यवस्थाअनुसार अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लिदैछन् ।

Advertisement

वरिष्ठ उपाध्यक्षलाई मुख्य पद मानी अर्को निर्वाचन हुनुपर्ने हो । उक्त पदमा हालका उपाध्यक्षद्वय चन्द ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुसहित विभिन्न पदका लागि चैत्र २८ र २९ गते निर्वाचन हुनुपर्ने थियो । तर चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषणा गरेपछि निर्वाचन स्थगित भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top