एन्फाले दशरथ रंगशालाको विकल्प खोज्यो, च्यासलमा टेक्निकल सेन्टर बन्दै

एन्फाले दशरथ रंगशालाको विकल्प खोज्यो, च्यासलमा टेक्निकल सेन्टर बन्दै

९ साउन, काठमाडौं । ललितपुरको च्यासल स्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम यतिवेला धमाधम भइरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को लगानीमा निमार्ण भइरहेको मैदान असार मसान्त सम्म सक्ने लक्ष्य लिए पनि विश्वभरीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मंसिरसम्म लम्बिएको छ ।

उमेर समूहका खेल देखी दोस्रो डिभिजनका खेल आयोजना गर्ने लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको करिब ४८ रोपनी जग्गाले रंगशालाको रुप लिँदै छ ।

३० करोड लगानीमा निमार्ण गर्नका लागिएको मैदानलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको रंशगाला बनाउने लक्ष्यका साथ अहिले काम भइरहेको छ ।

मैदानलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्म तयार पार्ने गरी निर्माणको थालिए पनि त्यो सम्भव हुन सकेन । १२ हजार दर्शक क्षमताका साथ निर्माण सुरु भएको मैदानमा अहिलेसम्म २६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

डाँफे, प्रेरा र प्रतिष्ठा जेभिले संयुक्त रूपमा निर्माण गरिरहेको आयोजनाको ५ प्रतिशत काम मात्रै बाँकी रहेपनि कोरोनाका कारण मंसिर सम्मका लागि सरेको प्रोजेक्ट म्यानेजर महेश मंगल जोशीले बताए ।

लक डाउनका कारण रोकिएको काम जेठ २२ गतेबाट सुरु भएको थियो । आयोजनाको म्याद मंसिरसम्म थप गरिएपनि भदौ मसान्तमा हस्तान्तरण गर्ने योजना रहेको उनले बताए ।

२०७४ असारबाट सुरु भएको निर्माण कार्यको नयाँ योजना अनुसार मैदानको पूर्व र दक्षिणतर्फ प्याराफिट बढाइएको छ । पश्चिमपट्टि नयाँ संरचना थपिएको छ भने उत्तरमा खाली छ ।

बागमती नदिको किनार भएकाले वर्षायामा बाढी रोक्न पर्खाल बनाइएको छ । अहिले उक्त क्षेत्रमा बागमतीको पानीले कटान गरेको छ भने मैदानमा बाढी पस्ने अवस्था छ ।

त्यसका राखेपले विपद व्यवस्थापन महाशाखा समक्ष २ करोड माग गरेको छ । निमार्ण सम्पन्न पछि राष्ट्रिय खेलकुद परिषदले रंगशाला व्यवस्थापनका लागि एन्फालाई प्रदान गर्ने तयारी छ ।

त्यसपश्चात एन्फाले एसियाली फुटबल महासंघको आर्थिक सहयोगमा फ्लड लाईट राख्ने सहमति एन्फासँग भएको छ । ग्रासरुटबाट फुटबल विकासका सहयोग पु¥याउने लक्ष्यका साथ मैदान निमार्णका लागि तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले प्रस्ताव अघि सारेका थिए ।

आयोजना सम्पन्न भए मैदानले दशरथ रंगशालामा निर्भर हुनु पर्ने अवस्था हट्ने विश्वास गरिएको छ । साथै घरेलु प्रतियोगिताका लागि एन्फा कम्लेक्स र रंगशालाको मात्र भर पर्नुपर्ने बाध्य पनि हट्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.