प्रदेश नं ७ः बजेट वैशाख ९ मा

६ बैशाख ७५, शुक्रबार

धनगढी, ७ वैशाख ः प्रदेश नं ७ को सरकारले यही वैशाख ९ गते बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने भएको छ ।

Advertisement

चालु आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिका लागि प्रस्तुत हुन लागेको अल्पकालीन बजेट रु एक अर्ब दुई करोड पाँच लाखको हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले चालु आवको बाँकी अवधिका लागि बजेट प्रस्तुत गर्न वैशाख ६ गते प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको सचिवालयका सचिव बालाराम शर्माले बताए ।

Advertisement

कमजोर वित्तीय अनुशासन, राजश्व चुहावट, करको साँघुरो दायरा, आम्दानीभन्दा बढी खर्चका कारण प्रदेशको आर्थिक व्यवस्थापन चुनौतीपूर्ण रहेको अवस्थामा पहिलो पटक ल्याउन लागिएको बजेटले आगामी आवमा ल्याइने पूर्ण बजेटलाई निर्दिष्ट गर्ने बताइएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top