उत्तरतर्फ लागेको सलहको शक्ति कमजोर बन्दै

१० साउन ७७, आइतबार

११ साउन, काठमाडाैँ ।

मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पहिले आएका झुण्ड मुस्ताङ, म्याग्दी बाग्लुङ, जाजरकोटतिर फाट्टाफुट्ट देखिएको छ । भएका सलह उत्तर लाग्दै छ । चिसो लेकतर्फ गएकाले अहिले नोक्सान गर्ने हिसाबका छैनन् । “मुस्ताङमा पुगेको सलह रुखमा पनि राम्ररी बस्न नसक्ने अवस्थामा पुगेको छ, फेदमा बल्लबल्ल बसिरहेको छ, कमजोर हुँदै गएको छ, चिसोले राम्ररी खान सकेको छैन, भएका पनि लेकतर्फ गइरहेको छ”, सुवेदीले भने, “जति लेक जान्छ त्यति मर्दै र कमजोर बन्दै जाने हो ।”

Advertisement

उनका अनुसार उत्तरबाट हावा लागेको भए पुनः फर्किन सक्थ्यो । अहिले हावा पूर्वबाट पश्चिम उत्तरतिर गइरहेको छ । त्यसैले फर्किने सम्भावना कम छ । “भएका पनि उत्तरतिर लागेकाले अहिले अनुमानित दुई/तीन लाख अझै बाँचेका होलान्”, सुवेदीले भने । भारतबाट थप अब आउन सक्ने सम्भावना भने कायमै रहेको उनले बताए ।

नेपालमा असार १३ गते रौतहटबाट सलह प्रवेश गरेको थियो । असार १६ गतेसम्म विभिन्न जिल्लामा प्रवेश गरेर केही क्षति पु¥याएको थियो । असार २८ मा दाङलगायत केही जिल्लाबाट नेपाल आएको थियो । साउन १ गते नेपालगञ्ज र महेन्द्रनगरबाट छिरेको थियो । त्यसपछि नयाँ झुण्ड आएको छैन । सीमा क्षेत्रमा पनि अहिले कम मात्रै सलह रहेको केन्द्रले जनाएको छ । अहिले भारतको राजस्थानमा ठूला आठ/दश झुण्ड रहेको किटविज्ञले बताएका छन् ।

Advertisement

ती झुण्ड अण्डा बनाउने र बच्चा कोरल्ने क्रममा छ । हावाको गति अनुकूल भए त्यहाँबाट झुण्ड आउनसक्ने सम्भावना भएपनि तत्कालै भने नआउने बताइएको छ । मुलुकमा ५४ जिल्लामा सलह पुगेको थियो । करिब करिब २७ जिल्लामा सक्रिय देखिएको थियो । अहिले पनि केही विखण्डित झुण्ड पाँच/छ जिल्लामा देखिँदै आएको केन्द्रले जनाएको छ ।

नेपालमा प्रवेश गरेको झुण्डले केही जिल्लामा बालीनालीमा क्षति पु¥याएको भए पनि उत्पादन मै नोक्सानी गर्ने गरी भने क्षति नपु¥याएको किटविज्ञ समुन्द्रलाल जोशीले बताए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top