×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

वीरगञ्जको कोभिड अस्पतालमा ६५ वर्षीय व्यवसायीको मृत्यु

११ श्रावण २०७७

११ साउन, वीरगञ्ज ।
वीरगंज स्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा उपचार गराई रहेका एक व्यवसायीको आज मृत्यु भएको छ।

वीरगंजको आदर्शनगर निवासी ६५ वर्षीय श्याम सुन्दर बगरीयालाई श्वास प्रश्वास सम्बन्धि समस्या भएपछि हिजो साँझ उपचारको लागि नारायणी अस्पताल लगिएको थियो।

Advertisement
Advertisement

बगरीया मुटु रोगी समेत रहेको र अस्पतालमा कोरोना संक्रमणको आशंकामा तत्काल आरडिटी टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएपछि थप उपचारकालागि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो।

गण्डक अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा उनको आज बिहान साढे ६ बजे मृत्यु भएको र मृतकको पिसीआर रिपोर्ट भने आउन बाँकी रहेको अस्थायी कोभिड गण्डक अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिए।

यसअघि वीरगंजमा भारत माइती भई वीरगञ्ज– २१ बस्ने १७ वर्षीया युवतीको शुक्रबार साँझ मृत्यु भएको थियो भने शुक्रबार बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगञ्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो।

त्यसैगरी गत मङ्गलबार आइसोलेसनमै ज्यान गुमाएका माइस्थानका ७० वर्षीय बृद्धमा बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमितसँगै मृतकको संख्या बढ्न थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रले संक्रामक रोग ऐन, २०२० अनुसार अर्को आदेश नभएसम्मका लागि वीरगंज महानगर क्षेत्र भित्र शनिबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।

Advertisement
Advertisement

अस्थायी कोभिड अस्पतालमा उपचार भईरहेका कोरोना संक्रमित मध्ये ४ जनाको अबस्था गभ्भीर रहेको छ। उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्थायी कोभिड अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top