निर्मला हत्या प्रकरणको दुई वर्ष पूरा, हत्यारा अझै पत्ता लागेन

११ साउन, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका( उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कुलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो।

घटनापछि मुलुकभर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बने पनि पछिल्लो समय प्रहरी अनुसन्धान सुस्ताएको देखिन्छ ।

यसअघि प्रहरी प्रमुख रहिसकेका सर्वेन्द्र खनाल र त्यसपछिका प्रमुख ठाकुरप्रसाद ज्ञवालीले घटनास्थलसम्म पुगेर चासोका साथै अनुसन्धानमा जोडबल गरे पनि अपराधी भने पत्ता लगाउन सकेनन् । सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन गरेर पनि घटनाको सुक्ष्म अनुसन्धान गरेको थियो।

विभिन्न समितिका प्रतिवेदनले घटनाबारे थप आशङ्का व्यक्त गर्नुका साथै प्रमाण मेटिएकाले हत्यारा पत्ता लगाउन कठिन हुनेसमेत बताए । तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको टोलीले कञ्चनपुर पुगेर घटनाबारे अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालयको घटनाप्रतिको लापरबाही र प्रमाण सङ्कलनमा चुकेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टसहित सात जनालाई निलम्बल गरेको थियो। हाल प्रहरी उपरीक्षक बिष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट बर्खास्तीमा छन् भने तत्कालीन प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीसहित अन्य पाँच प्रहरी कर्मचारीको टोली निलम्बनमा छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले हरेक आयामबाट अनुसन्धान जारी रहेको बताए।

‘विभिन्न तह र कोणबाट निर्मला प्रकरणको अनुसन्धान चलिरहेकै छ,’ उनले भने, ‘प्रहरीले दोषी पत्ता लगाएर छाड्छ।’

घटनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरूवा भएर आउने हरेक प्रहरी नायब उपरीक्षकलाई उक्त घटनाको अनुसन्धान अधिकृत तोकेर अनुसन्धान हुँदै आएको छ।

निर्मलाका परिवारका सदस्यले भने न्याय पाउने आशा हराउँदै गएको प्रतिक्रिया दिएका छन्।

‘हामीमाथि पीडामाथि पीडा थपियो, अब न्याय पाउने आश पनि हराउँदै गएको छ,’ निर्मलाकी आमा दुर्गादेवी पन्तले भने, ‘अनुसन्धानमा प्रहरी प्रशासन डटेर लागे पनि अपराधी पक्राउ गर्न सकेनन् ।’

उनले पछिल्लो समय भीमदत्त नगरपालिका(१९ बागफाँटाका ४१ वर्षीय दिलीप बिष्टका गतिविधि र कुराबाट आफूलाई शङ्का लागेर बिष्टमाथि किटानी जाहेरी दिएको बताए।

‘सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनी दायरामा ल्याउने काम प्रहरीको हो,’ पन्तले भने, ‘अनुसन्धानको उपलब्धि राज्य संयन्त्रलाई थाहा होला ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले घटनाबारे प्रहरी हालसम्म कुनै निचोडमा नपुगेको जानकारी दिए ।

‘निर्मला घटनालाई हामीले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘हामी निष्कर्षमा पुग्ने गरी सुक्ष्म रूपले अनुसन्धानमा जुटेका छौं।’

पछिल्लो समय सुदूरपश्चिम प्रहरी नेतृत्वले पनि निर्मला प्रकरणलाई प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

घटना भएको एक महिनापछि विसं २०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका(१९ बागफाँटाका दिलीप बिष्टलाई सार्वजनिक गरेको थियो। अभियुक्त भनिएका बिष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्र रूप लिएको थियो। पछि बिष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए।

निर्मला प्रकरणको आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका(१८ सालघारीका १४ वर्षीय शनी खुनाको निधन भएको भने अझै केही युवक शारिरीक रूपले नै अशक्त छन्। भदौ ८ गते सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डिआइजी र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन।

मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डिआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक भने छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ। सुरूआतमा घटनाको अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निलम्बित) एकिन्द्र खड्का खटिएका थिए। प्रकरणको दुई वर्षमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पाँच जना अनुसन्धान अधिकृत फेरबदल भइसकेको प्रहरी स्रोतले जनाएको छ।(रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top