कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ४७ पुग्यो

१२ साउन, पर्सा ।
कोरोना संक्रमणका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ।

Advertisement

पर्सा र धनुषामा मृत्यु भएका दुई जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। पर्सा वीरगञ्जका ६५ वर्षीय र धनुषाका ३८ वर्षीय पुरुषको मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सम्बन्धित अस्पतालहरुले जनाएका छन्।

वीरगञ्जको आदर्शनगर निवासी भारतीय नागरिक ६५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए। पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

आइतबार राति आएको रिपोर्टमा संक्रमण देखिएका धेरैजसो स्वास्थ्यकर्मी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उपाध्यायले बताए। यस्तै धनुषाको शहीद नगरपालिका ८ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

अत्यधिक ज्वरो र रुघाखोकी लागेपछि उनी शनिवार प्रादेशिक अस्पताल पुगेका थिए। अस्पतालले उनलाई आइसोलेशन कक्षमा भर्ना गरेपनि अवस्था बिग्रिँदै गएपछि अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको थियो।

Advertisement

तर धरान लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो। थप दुई जना सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top