×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

उपत्यका प्रवेश गर्ने यात्रुको स्वाब सङ्कलन गरिँदै

१३ श्रावण २०७७

१३ साउन, काभ्रे ।

लकडाउनको अन्त्यपछि मध्यपहाडी क्षेत्रबाट विभिन्न राजमार्ग हुँदै काठमाडौँ उपत्यका प्रवेशको पूर्वी–नाका काभ्रेपलाञ्चोकको साँगामा यात्रुको स्वाब सङ्कलन थालिएको छ । विशेषगरी पूर्वी तराई क्षेत्रबाट बीपी राजमार्ग लगायत अन्य मार्ग हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने सवारी साधनका यात्रुको स्वाब सङ्कलन गर्न थालिएको हो ।

Advertisement
Advertisement

कोरोना सङ्क्रमण थप फैलन नदिने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञसहितको टोलीले बनेपा नगरपालिकास्थित साँगामा यात्रुको स्वाब सङ्कलन गर्न थालेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्य–सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले बताए । उनका अनुसार टोलीले आइतबार अपराह्नबाट तराईका जिल्लाबाट आएका यात्रुको ‘स्याम्पिलिङ’का रुपमा स्वाब सङ्कलन गर्न थालिएको हो ।

टोलीलाई बनेपा नगरपालिका स्वास्थ्य शाखाले सहयोग गरेको झाले बताए । “नाकामा स्वाब सङ्कलन तथा परीक्षणले उपत्यकामा कारोना सङ्क्रमण प्रवेश भए नभएको पत्ता लाग्नेछ” झाले भने । उनका अनुसार लकडाउनको अन्त्यपछि कारोनाको सङ्क्रमण दर पत्ता लगाई आएको विवरणले सरकारलाई थप रणनीति बनाउन मद्दत पुग्नेछ । स्वाब सङ्कलनअन्तर्गत यस नाकाबाट उपत्यका भित्रने सबै जिल्लाका यात्रु समेटिनेछ ।

टोलीले आइतबार साँगाबाट उपत्यका प्रवेश गर्न लागेका ६२ जना यात्रुको ‘नोजल स्वाब’ सङ्कलन गरेको नगर स्वास्थ्य प्रमुख सत्यश्वर मकैले जानकारी दिए । उनका अनुसार पूर्वी तराईको सङ्क्रमण फैलिएका जिल्लाबाट आएका यात्रुको पहिचान गरी स्वाब सङ्कलन कार्य भइरहेको हो । “स्वाब सङ्कलन गरिएका नागरिकको व्यक्तिगत विवरण÷पहिचान तथा सम्पर्क नम्बर लिएर पठाइने गरिएको छ, रिपोर्टमा सङ्क्रमण पुष्टि भए तत्काल सम्पर्कमा ल्याई उपचारमा लगिनेछ” प्रमुख मकैले भने ।

मकैका अनुसार स्वाब सङ्कलन गरिएका व्यक्तिको २४ घण्टामा रिपोर्ट आउने व्यवस्था मिलाइएको छ । आइतबार स्वाब सङ्कलन गरिएका व्यक्तिको आज साँझसम्म वा भोलि बिहानसम्म रिपोर्ट आइपुग्ने मकैले बताए । आजदेखि दैनिक दुई सिफ्टमा स्वाब सङ्कलन भइरहेको जनाइएको छ । साँगा नाकाबाट करिब चार हजार यात्रुको स्वाब सङ्कलन गरिने योजना बनाइएको छ । टोलीका लागि बनेपा स्वास्थ्य शाखाले टेन्ट व्यवस्थापन गरेको छ भने दैनिक २–३ स्वास्थ्यकर्मी खटाएको छ ।

Advertisement

टोलीले नाकामा प्रत्यक्ष रुपमा खट्ने सुरक्षाकर्मी, कर्मचारीको पनि स्वाब सङ्कलन गरिने जनाएको छ । केन्द्रले काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरू साँगासहित नागढुङ्गा र फर्पिङबाट समेत गरी १० हजार यात्रुको पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) परीक्षण गर्ने योजना बनाएको छ । यात्रुको स्वाब सङ्कलन कार्य आउने बिहीबारसम्म सञ्चालन हुने जनाइएको छ ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top