×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

सन्दीप लामिछाने सीपीएल खेल्न आज ट्रिनिडाड​ जाँदै

१५ श्रावण २०७७

१५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आज ट्रिनिडाड​ जाँदैछन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान शुरु नभए पनि उनी चार्टड उडानमार्फत त्यसतर्फ जान लागेका हुन् । उनी आज दक्षिण कोरिया हुँदै अमेरिकाबाट सेन्ट लुसिया पुग्नेछन् । त्यसपछि उनलाई उनको टिमले चार्टड विमानबाट अरु खेलाडीसँगै ट्रिनिडाड लग्नेछ ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय उडान नभइरहेका बेला सरकारसँग आग्रह गरेपछि सरकारले सहजिकरण गरेको हो । सन्दीप बिहीबार बिहान साढे १० मा नेपालबाट हुने चार्टर्ड उडानबाट जाने तय भएको बताइएको छ ।

सीपीएल आयोजक र टिम जमैका तलवाहले अगष्ट एक तारिखसम्म ट्रिनाड पुग्न भनेको थियो । यो बीचमा अन्तर्राष्ट्रिय उडानका कारण उनको यात्रा अनिश्चित जस्तै भएको थियो । तर, अन्तिम समयमा दौडधुप गरेपछि सन्दीप जाने समय र फ्लाइट पक्का भएको हो । सन्दीपले सिपीएल खेल्न जानका लागि मंगलबार गरेको कोरोना परिक्षण नेगेटिभ आएको छ ।

सीपीएल आयोजकले प्रतियोगिता खेल्न आउनु अघि आफ्नो देशमा पीसीआर परीक्षण गरेको रिपोर्ट लिएर आउन पनि भनेको थियो ।
उनी बिहीबार काठमाण्डौबाट उडे पनि आइतबार वेष्ट इन्डिज पुग्नेछन् ।

Advertisement
Advertisement

लगातार तेस्रो सिजनमा सीपीएल खेल्न लागेका सन्दीप यसपटक जमैका तालावाजबाट खेल्दै छन् । जसमा उनी ९० हजार अमेरिकी डलरमा अनुबन्ध भएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top