बुटवलको तिनाउ नदीको जलसतह वर्षकै उच्च मापन, बाढीको जोखिम

१५ साउन ७७, बिहीबार
Share this
745shares

१५ साउन, काठमाडौं । केहीदिनदेखि परेको लगातार वर्षाले बुटवलको तिनाउ नदीको जलसतह बढेको छ । गत वर्षको तुलनामा यस वर्ष निरन्तर वर्षा भइरहे पनि तिनाउमा खासै जलसतह बढेको थिएन ।

Advertisement

बिहीबार बिहान भने यसवर्षकै सबभन्दा धेरै जलसतह बढेर बाढीको जोखिम निम्तिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान तिनाउमा ठूलो बाढी आएर नदीको जलसतह २ मिटर बढेको महाशाखाले जनाएको छ ।

तिनाउको मुहान रहेको पाल्पा तथा सिद्धबाबा क्षेत्रमा ठूलो पानी आउँदा तिनाउमा एक्कासि जलसतह बढ्ने गर्दछ ।

Advertisement

बिहीबार बुटवलसँगै पाल्पा क्षेत्रमा पानी परिरहेको र दिनभरि नै ठूलो पानी पर्न सक्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ।

तिनाउ नदीको वारिपारि किनारमा रहेका बासिन्दा हरेक वर्ष बाढीको उच्च जोखिममा रहने गर्दछन्। तिनाउ तटीय क्षेत्र पुरानो बसपार्क, सुन्दरनगर, मजुवा, बिनापाते, हात्तिसुढ लगायतका बस्तीमा सयौं परिवार बाढीको जोखिममा रहेका छन्।

Advertisement

यी बस्तीमा ४ हजारभन्दा बढी घरहरू नदी किनारमा जोखिम मोलेर बस्दै आएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top