नेपाली सेनाले जोखिममा रहेको ८० करोड उठायो

१७ साउन, काठमाडौँ ।
नेपाली सेनाले सैनिक कल्याणकारी कोषको जोखिममा रहेको रकममध्ये करिब ८० करोड रुपैयाँ उठाएको छ । सेनाले पछिल्लो समय आफ्नो जोखिममा रहेको रकम उठाउनका लागि गरेको प्रभावकारी व्यवस्थापन र लिएको निक्षेप नीति कारण रकम उठेको सेनाले बताएको छ ।

शुक्रबार कल्याण्कारी कोषले जंग्गीअड्डामा पत्रकार सम्मेलन गर्दै विगत वर्षहरुमा कोषको करिब ८५ करोड रुपैयाँको हाराहारीमा निक्षेप जोखिम रहेकोमा ८० करोड उठाएको जनाएको हो । जोखिम घटेर अहिले साँवा रकम ५ करोड २ लाख ६६ हजार मात्रै रहेको कोषका निर्देशक सागरबहादुर केसीले बताए ।

विश्वव्यापी कोरोनाका कारण देशको अर्थतन्त्रमा नराकारात्मक असर परेपनि सैनिक कल्याणकारी कोषको आर्थिक गतिविधिहरु सन्तोषजनक रहेको कोषले जनाएको छ । कोषमा २०७६ असार मसान्तसम्म ३८ अर्ब ५७ करोड ६१ लाख रहेकोमा अहिले १८ दशमलव ९० प्रतिशतले वृद्धि भइ ४५ अर्ब ८६ करोड ८० लाख पुगेको उनले बताए । कोषको अहिलेको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ ।

कोष र अन्तर्गतका निकायको फछ्र्याैट गर्न बाँकी बेरुजु अब ७ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको छ । महालेखापरीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदन अनुसार उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्याैट भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top