×

NEPAL TIMES UPDATES

Playing
Gagan Thapaले कांग्रेस सभापति पदबाट राजीनामा, अब के हुन्छ ?|| Nepal Times
Mar 19, 2026
Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026

सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यकः सूचना आयोग

१७ श्रावण २०७७

१७ साउन,काठमाडौं ।
राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् ।

आयोगद्वारा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको आवश्यकता रहेको औँल्याए । आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना आयोग अब सबै प्रदेशमा विस्तार गर्न अतिआवश्यक भएको बताए ।

Advertisement

केन्द्रले मात्र सबैतिर हेर्न नभ्याउने भएकाले सातै प्रदेशमा आयोग विस्तार हुनसके सहज हुने उनले उल्लेख गरे । देशभर अनुगमन गर्न तथा विभिन्न गतिविधि गर्न आयोगसित जनशक्तिको समेत अभाव भएको उनको भनाइ थियो । हाल आयोगमा सबै गरी ३९ जनाको जनशक्ति रहेको र काम गर्न समस्या भएको उनले बताए ।

सूचना आयुक्त एवं प्रवक्ता कमला ओली थापाले कोरोना भाइरसका कारण मासिकरुपमा गर्दै आएको अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्न नसकिएको बताइन् । सङ्क्रमणलाई ध्यानमा राख्दै आयोगले आफ्नो काम गरिरहेको भन्दै उनले हालै प्रदेश १ का सरकारी कार्यालयको अनुगमन गरिएको बताए ।

अब क्रमशः अन्य प्रदेशमा आयोगले अनुगमन गर्ने प्रवक्ता थापाको भनाइ थियो । उनले सरकारी कार्यालयबाट जनताले सहजै सूचना पाउन सकेको अवस्था नभएको उल्लेख गरिन् । आयुक्त थापाले आयोगले गत आर्थिक वर्षमा एक हजार ३२ पुनरावेदन पछ्र्योट गरेको जानकारी दिइन् ।

आयोगमा चालू आवको हालसम्म २६७ पुनरावेदन परेको छ । सबैभन्दा बढी आर्थिक क्षेत्रमा ७०, स्थानीय तहका ५०, प्रशासनका ४४, शिक्षाका ३७, संस्थान तथा प्राधिकरणका ११, वन तथा कृषिका आठ, जग्गा, मालपोत भूमिसुधारका सात, स्वास्थ्यका पाँच, कानून र खेलकूदका तीन तीन तथा अन्य १९ पुनरावेदन परेको उनले जानकारी दिइन् ।

आयोगले हालसम्म २५५ कार्यक्रममार्फत २६ हजार २५२ लाई अभिमुखीकरण गरेको छ । आयोगले समसामयिक विषयमा विभिन्न समयमा गरी छ हजार ४७९ आदेश दिनुका सार्थ २४ जनालाई जरिवाना र विभागीय कारवाहीको गरेको बताइएको छ ।

आयोगले सार्वजनिक निकायबाट भएका कार्य तथा खर्च सार्वजनिक गर्दै जान सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई गत जेठ पहिलो साता १६ बुँदे निर्देशन दिएको आयोगका सूचना अधिकारी बाबुराम पाण्डेले बताए ।

यस्तै आयोगका पदाधिकारीको आचारसंहिता पहिलोपटक पारित गरिएको उनले बताए । आगामी दिनमा कानूनमा गरिने संशोधन वा परिमार्जन तथा नयाँ कानून निर्माण गर्दा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (३) मा उल्लेख भएबमोजिमका बाहेक कुनै पनि विषयलाई कानूनीरुपमा गोपनीयता नराख्ने गरी व्यवस्था गर्न प्रदेश सरकार, प्रदेशसभा र स्थानीय तहलाई अनुरोध गरिएको पाण्डेले उल्लेख गरे ।

सो अवसरमा आयोगका प्रवक्ता थापाले सूचनाको हकको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक अभियन्तालाई वर्षेनी प्रदान गरिने पुरस्कारलाई राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख सूचना आयुक्त स्व विनयकुमार कसजुले सूचना आयोग तथा सूचनाको हकको प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेकाले आयोगले कदरस्वरुप उनको नाममा ‘विनय कसजु पुरस्कार’ नामकरण गरिएको जानकारी दिए ।

आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम नेपाल सरकार सङ्घीय मन्त्रालय तथा विभागका हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई र प्रदेशस्तरका मन्त्रालयको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सूचना अधिकारी नतोकिएकोमा १५ दिनभित्र सार्वजनिक निकायले सूचना अधिकारी तोक्ने तथा आयोगलाई जानकारी गराउने, सार्वजनिक निकायले प्रत्येक तीन तीन महिना व्यतीत भएको १५ दिनभित्र स्वतः प्रकाशन गर्नुपर्ने, प्रत्येक तीन तीन महिनामा अनिवार्यरुपमा प्रकाशन गर्ने व्यवस्था मिलाउने, यसरी सार्वजनिक गरिने सूचना स्वतः प्रकाशन वेबसाइटमा राख्ने र यस आयोगमा पनि जानकारी गराउनेलगायतको निर्देशन दिइएको आयोगले जनाएको छ ।

बन्दाबन्दीको समयमा प्रत्यक्ष संलग्न निकायमा गई अनुगमन गर्न नसकिएको वर्तमान अवस्थामा आयोगले विभिन्न १२० निकायको वेव अनुगमन गरेको जनाएको छ ।

यस क्रममा १२० कार्यालयमध्ये ९१ कार्यालयले सूचना अधिकारी तोकेको तथा २९ कार्यालयले नतोकेको, ९१ कार्यालयले सूचना अधिकारीको सम्र्पक विवरण राखेको र २९ कार्यालयले नराखेको तथा स्वतः सूचना प्रकाशन गर्ने कार्यालय ३० र नगर्ने कार्यालय ९० वटा रहेको पाइएको आयोगले जनाएको छ ।

आयोगले चालू आवमा १४ वटा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको सो अवसरमा जानकारी गराइयो । कोरोना भाइरसको सङ्क्रमणका कारण समयमै योजनाअनुरुप कार्यक्रम गर्न नसकेको आयोगले जनाएको छ । (रासस)

भर्खरको समाचार

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

सम्बन्धित खबरहरु

Scroll to Top