कोरोना जितेका युवकले समाजकाे घृणा सहन नसकेर गरे आत्महत्या

१८ साउन, धनुषा ।
धनुषामा कोरोना जितेका एक युवकले समाज र परिवारको घृणा सहन नसकेर आत्महत्या गरेका छन् । मिथिला विहारी नगरपालिका– २ का ३५ वर्षीय विशेश्वर यादवले शुक्रबार घर नजिकैको विद्यालयमा बनाएको क्वारेन्टाइनको पछाडि आँपको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

९ दिन अगाडि उनी नगराइन नगरपालिकास्थित गंगुली आइसोलेसनबाट कोरोना जितेर घर फर्केका थिए । तर, घरमा बस्न नदिएको र समाजले घृणा गरेपछि आत्महत्या गर्न बाध्य बनेको स्थानीय एक युवकले बताए ।

असार १६ गते दिल्लीबाट फर्केका उनको असार २६ मा स्वाब संकलन गरिएको थियो । साउन १ गते आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि १० दिन क्वारेन्टिमा बसेका उनलाई लक्षण नदेखिएपछि साउन १०मा घर पठाईएको थियो ।

Advertisement

तर, परीक्षण नगरी घर पठाईएका कारण उनलाई परिवारले घरभित्र नपस्न आग्रह गरकोे, समाजले घृणा गरेको एक स्थानिय बताउँछन् । कोरोना संक्रमित विशेश्वरलाई घर पठाउनु अगाडि पुनः पीसीआर टेष्ट नगरेकै कारण परिवार र समाज घृष्णा, दुव्यर्वहार गरेको देखिन्छ । र, त्यही सहन नसकेर उनले आत्महत्याको बाटो रोजे ।

तर उनलाइ ‘स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै उनलाई घर पठाइएको गांगुली आइसोलेसन प्रमुख सन्तोष ठाकुर दाबी गर्छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top