एटलान्टालाई हराउँदै इन्टर मिलानद्वारा दोस्रो स्थान पक्का

एटलान्टालाई हराउँदै इन्टर मिलानद्वारा दोस्रो स्थान पक्का

१८ साउन, एजेन्सी । इटालियन सिरी ‘ए’ मा एटलान्टालाई पराजित गर्दै इन्टर मिलानले प्रतियोगिताको दोस्रो स्थान पक्का गरेको छ । इन्टरले एटलान्टालाई उसैको मैदानमा २–० को जित निकालेको हो ।

सिरी ‘ए’ मा दोस्रो हुने दौडमा रहेको खेलमा इन्टरले जित हात पारेपछि एटलान्टालाई ४ अंकले पछि पा¥यो । शीर्षस्थानको युभेन्टससँग १ अंक दुरी राख्दै सिजनको अन्त्य ग¥यो । इन्टरले ३८ खेलबाट ८२ अंक जोड्यो ।

तेस्रो स्थानमा चिक्त बुझाएको एटलान्टा ७८ अंकमा सीमित बन्यो । शीर्षस्थानको युभेन्टस पनि ८३ अंकमा रोकियो ।

इन्टरसँगको हारसँगै एटलान्टाको अपराजित यात्रामा पुर्णविराम लागेको छ । एटलान्टा पछिल्लो १९ खेलमा अपराजित रहेको थियो । २१ जनवरीमा एस्पालसँग २–१ ले पराजित भएयता एटलान्टा अपराजित रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.