हत्याको आशंकामा आर्यघाटबाट जलाउन लागेको शव बरामद, छोरा पक्राउ

हत्याको आशंकामा आर्यघाटबाट जलाउन लागेको शव बरामद, छोरा पक्राउ

१८ साउन, काठमाडौं ।
हत्या भएको आशंकामा पशुपति आर्यघाटमा जलाउन लागेको शव प्रहरीले बरामद गरेको छ । आईतबार महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुर गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेको हो ।

बाबुको हत्याको आशंकामा प्रहरीले उनका छोरा ३० वर्षका सन्तोष नेपालीलाई पक्राउ गरेको छ । ललितपुरका डीएसपी सन्तोष तामाङले शव बरामद गरेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।

हरीका अनुसार गत बिहीबार राति रक्सी खाएका बेला कृष्ण र छोरा सन्तोषबीच झगडा भएको थियो । त्यसै क्रममा सन्तोषले बाबुमाथि कुटपिठ गरेका थिए । बिहान बाबु बेहोस देखेपछि सैनिक अस्पताल छाउनीमा उपचारका लगी लगेका पनि अस्पतालले मृत घोषणा गर्याे ।

दाह संस्कारका लागि शव आर्यघाट लगिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । गाउँलेको सूचनाका आधारमा प्रहरीले शव बरामद गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.