×

NEPAL TIMES UPDATES

Playing
फेज–१मा अमेरिका, फेज–२मा इरानको जितः फेज–३ मा तेहरानले घुँडा टेक्ला? || Nepal Times
Mar 22, 2026
Playing
ब्रिटिस एयरवेजमा उडानमै यात्रुको मृ त्यु भएपछि || Nepal Times
Mar 22, 2026
Playing
श्रम संकृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने || Nepal Times
Mar 22, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026

आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

१९ श्रावण २०७७

१९ साउन, काठमाडौं ।
आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

साेमबार कतिपय प्रदेश सरकारले भने आफ्नो प्रदेशमा विदा दिएका छन् । रक्षा बन्धन बाँध्ने प्रचलन सत्ययुगदेखि नै चलिआएको मानिन्छ । पौराणिक कथनअनुसार सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए ।

Advertisement

यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने प्रचलन छ ।

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । विगतका वर्षहरुमा जर्ने फेर्ने र डोरो बाँध्नेहरुको काठमाडौंका मन्दिर परिसरमा घुइँचो हुने भएपनि यसवर्ष कोरोना महामारीका कारण मानिसहरुको कम उपस्थिती छ ।

जनै फेर्नेहरुले हिजैदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ ।

कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीन वटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।

यस किसिमको महत्व भएकाले नै आज बिहानै यजमान आफ्ना गुरु पुरोहित कहाँ गई यज्ञोपवीत मन्त्रने गर्दछन् । आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवीत फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ ।

आजकै दिन शरीर शुद्ध गरी देवता, ऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणी समेत भन्ने गरिएको हो ।

घरघरमा क्वाँटी खाने प्रचलन
जनै पूर्णिमाको दिन घरघरमा क्वाँटी खाने प्रचलन छ । नेवार समुुदायमा रहेको यो प्रचलन अहिले सबैतिर लोकप्रिय बनेको छ । खेती किसानी गर्नेलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहने संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिए ।

खेतीपातीले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिन्छ । गेडागुडी अर्थात् प्रोटिन हुने भएका कारण यो मौसममा क्वाँटी खाने चलन गरिएको उनको भनाइ छ । मास, भटमास, मस्याम, हरियो, सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना, सिमी, बोडी, बकुल्ला, मुङलगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो । क्वाँटी विशेष गरेर नेवारी परिकार हो ।

क्वाँटीबाट पूर्ण प्रोटिन पाइने पोषणविद् डा. अरुणा उप्रेती बताउँछन् । फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिबद्र्धक पौष्टिक आहारका रूपमा लिइन्छ । कोरोना सङ्क्रमणको महामारी बढ्दो क्रममा रहेकाले सबैलाई रोग प्रतिरोधात्मक खाने कुरा चाहिने र त्यसको काम क्वाँटीले पूूरा गर्ने आयुर्वेद विज्ञहरु बताउँछन् ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top