१९ साउन, काठमाडौं । आज सोमबार मात्र ४ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या हालसम्म २० हजार ७ सय ५० पुगेको छ । कुल संक्रमित मध्ये हाल ५ हजार ७ सय ३२ वटा सक्रिय केशहरु छन् ।
पछिल्लो २४ घण्टामा ३ सय ५८ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १४ हजार ९ सय ६१ जना संक्रमित उपचार पछि निको भएका छन् ।