×

NEPAL TIMES UPDATES

Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026
Playing
राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, दुई होल्डमै || Nepal Times
May 02, 2026

रेलवेमा माटो भर्ने आयोजनाको बोलपत्र यथावत राख्न अदालतको आदेश

१९ श्रावण २०७७

१९ साउन, पाटन । रेल विभागको मेट्रो तथा मोनोरेल विकास आयोजनाले निकालेका दुईवटा बोलपत्र आह्वान सम्बन्धी सूचना अहिलेलाई यथावत राख्न उच्च अदालत पाटनले आदेश दिएको छ।

मोनोरेलका लागि रेलवेको लिकमा माटो भर्न आयोजनाले बोलपत्र आह्वान गरेको थियो। असार १४ र १७ मा निकालेका सूचनामा ५४ ठेक्काका लागि बोलपत्र आह्वान गरिएको थियो । त्यसविरूद्ध तेजकुमार कुरूवाङलगायतले रिट दिएका थिए।

Advertisement
Advertisement

न्यायाधीश शान्ता सेढाईंको इजलासले सोमबार उक्त रिटमा सुनुवाई गर्दै दुवै पक्षको बहस सुनेर अर्को निर्णय नगरून्जेललाई ती सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो।

उच्च अदालतका अनुसार यो विषयमा दुवैपक्षको बहस साउन २६ गते हुनेछ। उक्त बहसपछि रिटमा मागिए अनुसार उक्त सूचना बदर गरेर अर्को सूचना जारी गर्ने वा नगर्ने भन्नेबारे निर्णय हुनेछ।

असार १४ र १७ गते आयोजनाले निकालेको सूचनामा व्यवसायीहरूलाई गरिएको वर्गीकरण कानुन बमोजिम भएन भन्दै कुरूवाङ लगायतले रिट दर्ता गरेका थिए। आयोजनाका कर्मचारीहरूले आफूले चाहेका कम्पनीको मात्रै योग्यता पुग्ने गरी निकालिएका ती सूचना कानुन विपरित भएको निवेदकहरूको जिकिर छ।

आफूले छानेका कम्पनी मात्र योग्य हुने गरी कम्पनीको वर्गीकरण गरिएकाले ती सूचना दुषित मनसायले निकालिएकाले पनि खारेजभागी भएको निवेदनमा उल्लेख छ।

रेल विभागको उक्त आयोजनाले १४ गते ३० वटा र १७ गते २४ वटा गरी ५४ वटा ठेक्का दिने सूचना जारी गरेको थियो। १६० किलोमिटर रेलवे लिकको आधार तयार गर्न (इमब्याङकमेन्ट) ठेक्का सम्झौताका लागि ती सूचना जारी गरिएको थियो।

टेण्डर भर्ने कम्पनीमा यसभन्दा पहिले रेलवेमा काम गरेको अनुभव हुनुपर्ने मापदण्ड सूचनामा उल्लेख थियो। तर रेलवेको लिकको आधार बनाउन यसअघि सडक निर्माण गरेको वा सडकमा माटो, ढुंगा र बालुवा भर्ने काम गरेको अनुभवले पनि पुग्ने जिकिर रिट निवेदकहरूको छ।

विभागले यसअघि यस्तै प्रकृतिका २ वटा ठेक्का खोलेको थियो। त्यसमा १७ कम्पनीले ठेक्का पाएर काम गरेका थिए। ती कम्पनीले पनि त्यो भन्दा पहिले रेलवेमा काम गरेका थिएनन् भन्ने रिट निवेदकहरुको भनाई छ। अहिलेका यी सबै ठेक्का ति कम्पनीहरूलाई नै दिने गरी सूचना प्रकाशित गरिएको रिट निवेदकहरूको आरोप छ।

Advertisement

सार्वजनिक खरिद ऐनको दफा १० को उपदफा ३ दफा २६ को विपरित भएकाले ती सूचना खारेज गर्नुपर्ने रिट निवेदकहरूको माग हो।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top