कोरोना भाइरसलाई हराउन हामीसँग कुनै ‘सिल्भर बुलेट’ छैनः डब्लुएचओ

१९ साउन, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसलाई हराउनको लागि कुनै ठोस उपचार पत्ता नलाग्ने हो कि भन्ने सम्भावना रहेको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका निर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले एक भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाविरुद्धको खोप खोज्न हतार गर्नु बाहेक भाइरसको लागि ’सिल्भर बुलेट (चाँदीको गोली)’ नभएको बताएका छन् ।

Advertisement

सङ्गठनले एक दिनअघि मात्रै पनि कोरोनाको महामारी अझै केही सयमसम्म रहिरहने बताएको थियो ।

यद्यपि विश्वभर कोरोना भाइरसबाट बच्नका लागि खोपको परीक्षण भइरहेको छ तर अहिलेसम्म निश्चित रुपमा कुनै खोप बजारमा आइसकेको छैन ।

Advertisement

गएको महिना अक्सफोर्ड विश्वविद्यालयले आफूले बनाएको खोप परीक्षणको क्रममा सुरक्षित भएको र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने बताएको थियो । वैज्ञानिकहरुले पनि यसलाई ठूलो सफलता भएको बताएका थिए ।

अब त्यो खोपको अघिल्लो परीक्षण झण्डै १० हजार जनामा गरिँदैछ ।

अहिलेसम्म विश्वभर एक करोड ८२ लाखभन्दा धेरै मानिसमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये एक करोड १४ लाखभन्दा धेरै निको भएर घर फर्किँदा ६ लाख ९३ हजारभन्दा बढीको ज्यान गएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top