फेरि लकडाउन गर्ने/नगर्ने बारे प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्ने

फेरि लकडाउन गर्ने/नगर्ने बारे प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्ने

१९ साउन, काठमाडौं । देशभर कोरोना संक्रमितको संख्यामा तिब्र बृद्धि भएपछि फेरि लकडाउन गर्ने वा नगर्ने भन्ने बारे प्रधानमन्त्री केपी शर्मा ओली छलफलमा जुटेका छन् ।

ओलीले फेरि लकडाउन गर्नेबारे टुंगो लगाउन जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई छलफलका लागि डाकेका छन् ।

लकडाउन खुकुलो भएपछि कोरोना संक्रमण झन बढेकाले प्रधानमन्त्री ओली छलफलमा जुटेका हुन् ।

लकडाउनबारे छलफल गर्न ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री,सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन् ।

मंगलबार बैठक आयोजना हुने बताइए पनि समय भने तय भैसकेको छैन । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.