फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान

२० साउन ७७, बुधबार

२१ साउन, सोलुखुम्बु ।

सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान गरिएको छ । विमानस्थल सञ्चालमा आएको ४४ वर्षपछि उक्त यन्त्र जडान गर्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए ।

कार्यालयका अनुसार सोलुखुम्बुलाई हवाई मार्गमा जोड्ने उद्देश्यले निर्माण गरिएको विमानस्थलमा पहिलोपटक विसं २०३२ मा पिलाटस विमानले उडान भरेको थियो भने २०३४ सालदेखि टुइनेटर विमानले उडान भर्न शुरु गरेको थियो ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय हवाई सुरक्षा विभागको आर्थिक लगानीमा उक्त यन्त्र जडान गरिएपछि चेकजाँचमा सहज हुने विमानस्थल कार्यालयले जनाएको छ । यसअघि प्रहरी कर्मचारीले हातले जाँच गर्नुपर्ने बाध्यता थियो । अब भने कुनै पनि व्यक्तिले संवेदनशील सामग्री बोकेको खण्डमा साइरन आफैँ बज्ने हुँदा सहज हुने कार्यालयको भनाइ छ ।

विशिष्ट कक्ष छ, सञ्चालनमा छैन

Advertisement

फाप्लु विमानस्थमा विशिष्ट कक्ष भए पनि सञ्चालनमा ल्याउन नसकिएको विमानस्थल प्रमुख शर्माको भनाइ छ । “विशिष्ट कक्ष छ, तर आवश्यक सामग्री व्यवस्थाको लागि बजेट अभाव हुँदा सञ्चालन गर्न सकिएन”, प्रमुख शर्माले भने, “सम्बन्धित निकायमा पहल गरिरहेका छौं, सगरमाथाको जिल्ला भएकाले पनि यो अति महत्वपूर्ण छ ।”

भौतिक संरचनाका हिसाबले विमानस्थलमा सुधारको कार्य आवश्यक रहेको बताइएको छ । अपाङ्गमैत्री संरचना नहूँदा बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई समेत सेवा लिन समस्या हुने गरेको छ । धावनमार्गसम्म जान तथा आउनका लागि निकै कठिन हुने गरेको स्थानीयवासी कान्छा शेर्पाको भनाइ छ ।

उक्त विमानस्थलमा नेपाल एयरलाइन्स, तारा र समिट एयरले साप्ताहिक रुपमा उडान भर्दै आएका छन् । काठमाडौँ–फाप्लु तथा फाप्लु–लुक्लासमेत उडान हुने गरेको छ । खुम्बुका लागि आवश्यक सामग्री फाप्लुबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा ढुवानी हुने गरेको छ ।

फाप्लु विमानस्थलसँग सङ्घीय तथा प्रदेश राजधानी जोड्ने सडक पिच भए फाप्लुसम्म ढुवानी भएको सामग्री हवाई सेवामार्फत खुम्बु लैजान सहज हुने व्यवसायीको भनाइ छ । विमानस्थलको भौतिक संरचना तथा अवस्थाको सांसद हेमकुमार राईको टोलिले गत चैत ३ गते सम्बन्धित मन्त्रालय तथा प्राधिकरणको ध्यानाकर्षण गराएको थियो । फाप्लु विमानस्थलमा वाक थ्रु मेटल डिटेक्टर मेशिन जडानका लागि तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गरिएबमोजिम नै कार्य भएको सांसद राईका स्वकीय सचिव भूपेन्द्र कट्टेलले बताए । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top