प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार स्वाब सङ्कलन गरिएको प्रधानमन्त्री ओलीको बुधबार रिपोर्ट नेगेटिभ आएको हो ।

दैनिकजसो छलफल र भेटघाटमा व्यस्त रहने प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्रीका अङ्गरक्षक र अन्य केही सुरक्षाकर्मीहरूको पनि परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । तर, उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.