चुरे क्षेत्रबाट अवैध ढुंगा उत्खनन गर्ने सवारी साधन पक्राउ 

१० बैशाख ७५, मंगलबार

मोरङ,११ बैशाख ः  प्रहरीले चुरे संरक्षन क्षेत्र खदम खोलाबाट अवैध रुपमा ढुंगा, गिट्टी उत्खनन् गर्ने एक जेसिबि र टिपरलाई सोमबार नियन्त्रणमा लिएको छ।

केराबारी गाउँपालिका वडा नं. ७ मुगु स्थित चुरे संरक्षण क्षेत्र खदम खोलाबाट अवैध रूपमा  उत्खनन् गरीएकाे ढुङ्गा लाेड गर्दै गरेकाे अबस्थामा  अन-टेष्ट जेसिबि र ढुंगा लोड गर्दै गरेको  टिपरलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले भण्डारण गरिएको अवस्थामा अन्दाजी ४ हजार पाँच सय घनमिटर ढुंगासमेत सिज गरी आवश्यक कारवाहीको लागि ईलाका वन कार्यालय केराबारीमा बुझाईएको छ ।

Advertisement

१५ दिनको अवधीमा मात्र चुरे संरक्षण क्षेत्रबाट अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा दोहन तथा ओसार पसारमा संलग्न ५ वटा टिपर, ४ वटा ट्याक्टर र ४ वटा जेसिबि गरी जम्मा १३ वटा सवारी साधन र अन्दाजी ५ हजार घनमिटर ढुंगा कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाई सकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top