×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

लकडाउनमा दिनहुँ विद्यालय जाने शिक्षकको कथा

२४ श्रावण २०७७

प्रकाश बन्जारा

२४ साउन, सुनसरी ।
कोरोना महामारीले देश मात्र नभएर सारा विश्वनै लकडाउन भएको बेला पनि सुनसरीको रामधुनीमा ३ शिक्षाकर्मी विद्यालय आइरहन्छन ।विद्यालयमा बिद्यार्थी भने छैनन् । सबैलाई सुन्दैमा अचम्म लाग्छ विद्यार्थी नभएको समयमा किन आए त शिक्षक ? यिनिहरुले कहिले सरसफाइ गरे कहिले विद्यालयको प्राङ्गणमा बिरुवा रोपे ,त कहिले के के कागजलाई टुक्राटुक्रा बनाएर बसे । मङलबार पनि यस्तै काममा ब्यस्त भेटिए शिक्षक मध्येका एक हरि रायमाझी । आफैले प्रिन्ट गरेको विभिन्न आकार प्रकारका सामाग्रीलाई टेपले बेरेर काट्दै भेटिएका हरिको एउटै मात्र इच्छा भनेको आफ्नो बिद्यालयलाई उत्कृष्ट नमुना विद्यालय बनाउने नै रहेछ ।

Advertisement
Advertisement

हरिले गोलो आकारमा कागज काटे र टेपले लेमिनेसन गरे । त्यत्तिकैमा अर्का हरिकै सहयात्री विनय दाहाल आइपुगे र त्यस्तै काम शुरु गरे । यी कागजका टुक्राले मात्र नमुना विद्यालय बनाउने भने होइन । उनीहरु आफ्ना विद्यार्थीलाई कसरी शिक्षण सिकाईमा सहज बनाउन सकिन्छ भनेर अहोरात्र खटिरहेका छन । हरि संगैको टिममा बिमल बराल पनि छन । बिमल भने यस विद्यालयका प्रधानाध्यापक रहेछन । उनीहरु दिनहुँजसो विद्यालय आउछन र साझ पर्नै लाग्दा घर फर्किन्छन। यिनिहरुले सेवा दिने विद्यालयको नाम आरम्भ विद्या मन्दिर हो ।

शिक्षालाई पैसामा कहिले दाज्न नहुने जिकिर गर्ने यिनिहरु यति कम शुल्कमा पनि अन्तर्राष्ट्रिय स्तरको शिक्षा यहि ठाउँमा सम्भव हुन्छ भनेर देखाउन भर्खरै ब्रीटिस काउन्सिलको इन्टरनेसनल स्कुल अवार्डका प्रोजेक्टहरु गर्न आफ्नो विद्यालयलाई छनौट गराउन सफल भएका रहेछन । अङ्ग्रेजी र नेपालीको पढाई तथा लेखाइलाई ठूला सहरका स्कुलहरु जस्तै बनाउन प्रख्यात लेखक डि. एन. मुखिया तथा लिट्रेसी क्लब काठमाडौ संग सहकार्य गराएको रहेछ । लकडाउन केही खुकुलो भएपछि नजिकैका बालबालिकालाई केही हद भएपनि पढाईमा ध्यानाकर्षण गर्नका निम्ति साबधानी अपनाउदै बोलाएर दैनिक २ घन्टा पठनपाठन समेत उनीहरुले गरे तर स्थानीय सरकारको अस्वीकृतिका कारण उनीहरुको गतिविधिले निरन्तरता पाउन सकेन ।अनलाइन कक्षा चलाउन पनि निकै जमर्काे गरे हरिले त्यो पनि प्रभाबकारि नहुने तथा सबै बालबालिकाको पहुँच नपुग्ने आवाज आएपछि पछि उनले हट्नुपरेको रहेछ । अध्यापनमा अति नै रुचि भएका कारण नगरपालिकाको शिक्षा समितिमा बेला बेलामा आवाज उठाएको कुरा पनि गर्छन हरि ।

कोरोनाले आफ्नो प्रभाव जमाउदै गर्दा यो विद्यालय आफ्नो नया र बालमैत्री भवनमा सर्न लागेको थियो । सानो ठाउँमा खुम्चिएको भवनलाइ ठूलो र राम्रो आकारमा बनाइएको छ । ६ जनाको राम्रो समूहले चलाउने जमर्काे गरेका रहेछन यो विद्यालयलाई ।

हुन त लगानी गर्नेहरुले नाफाको आशा गरेका हुन्छन । तर शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्नेले त्यति धेरै नाफाको आशा गर्न हुदैन । त्यसै भन्छन हरि पनि । एक पटक त आफ्नो साथीले ब्यबसायी भन्दा सामाजिक संजाल बाटै निकै ठूलो पीडा पोखेको अनुभव पनि सुनाए हरिले ।

नेपालमा २०२८ भन्दा यता निजि विद्यालयहरु खुल्न थालेका रहेछन र पछिल्लो समय फेसन जस्तै भएर च्याउ सरि खुलिए निजि विद्यालयहरु । कति विद्यालयहरु हुने खानेका बच्चा को लागि मात्र खुलेका जस्ता लाग्छन् किनकि सामान्य नागरिकले शुल्ककै कारण निजि विद्यालयमा आफ्ना बच्चा पढाउन सक्दैनन् । गुणस्तरको नाम दिइएपनि अभिभावकको क्षमता अनुसारको शुल्क निर्धारण गरेर समाजमा पनि योगदान दिन सकौ ।

Advertisement

यो शैक्षिकसत्र बाट कक्षा ६ सम्मको अध्यापन गराउने यो विद्यालय हरेक बर्ष १ कक्षा थप्दै लाने र माध्यमिक तहमा पुर्याउने तयारीमा रहेछ । २ सय १० जना विद्यार्थी भर्ना भएको आरम्भमा १२ जना शिक्षक र ३ जना अन्य कर्मचारी छन । विद्यालयले खेल मैदान सहित सम्पुर्ण संमचना मापदण्ड अनुसार बालमैत्री र अपांग मैत्री बनाएको रहेछ । आरम्भको अध्यापन शैलीबाट प्रभावित भएर आफ्नो बच्चा त्यही पढाउन चाहेको अधिकाश अभिभावकको भनाइ छ । विद्यालयले कक्षा १ भन्दा माथिका बालबालिकालाई अनिवार्य कम्प्युटर कक्षा, प्रयोगात्मक शिक्षण सिकाइ लगायतका कार्यक्रम गर्ने यी शिक्षाकर्मी बताउँछन् ।

भर्खरको समाचार

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

सम्बन्धित खबरहरु

Scroll to Top