जोखिम बढेको भन्दै प्रचण्डले बन्द गरे भेटघाट

२५ साउन ७७, आइतबार
Share this
729shares

२५ साउन, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट बन्द गरेका छन्।

Advertisement

कोभिड १९ को संक्रमण जोखिम बढेको भन्दै प्रचण्डले भेटघाट बन्द गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। केही दिन अघि प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोभिड १९ संक्रमण देखिएको थियो।

सुरक्षाकर्मीलाई संक्रमण देखिएपछि प्रचण्डको सचिवालय, परिवारका सदस्य र अरु सुरक्षाकर्मीको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। यद्यपि एक हप्ताका लागि उनले भेटघाट नगर्ने निर्णय गरेका हुन्।

Advertisement

कुनै इमरजेन्सी बाहेकका भेटघाट बन्द गर्नु भएको हो, सापकोटाले भने, अर्को रिपोर्ट नआएसम्म अलग्गै बस्ने भन्नुभएको हो। नेकपा भित्रको बिवाद बढिरहेका बेला नेताहरुले भेटघाट तीब्र बनाएका थिए।

तर पछिल्ला दिनमा संक्रममणको जोखिम बढेपछि विभिन्न राजनीतिक दलका नेताहरुले भेटघाट बन्द गर्न थालेका छन्। यसअघि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भेटघाट बन्द गरेको घोषणा गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top